बार्सिलोनाले रियल बेटिसलाई जित्दा खेलमा भएको ६ महत्वपूर्ण कुरा

माघ ८ । लियोनल मेसी र लुईस स्वारेजको ब्रेस गोल तथा इभान राकेटिचको एक गोलको सहयोगले बार्सिलोनाले रियल बेटिसमाथि ५–० को शानदार जित निकालेको छ ।

बार्सिलोनाका खेलाडीहरुको गुणस्तरिय प्रदर्शनसँगैको जितले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा ११ अंकले माथि रहेको छ ।

यहाँ हामीले उक्त खेलमा भएको केही महत्वपूर्ण कुराहरुको जानकारी प्रस्तुत गरेका छौं ।

१. इस्प्यानियोलसँगको हार पछिको महत्वपूर्ण जित

यसअघिको खेलमा बार्सिलोनाले कोपा डेल रेमा इस्प्यानियोलसँग १–० को हार व्यहोरेको थियो । तर बेटिसँगको खेलले बार्सिलोना उच्च मनोबलमा रहेको प्रश्टै देखाएको छ ।

टिम गेम देखिएको उक्त खेलको प्रदर्शन हेर्दा कोपा डेल रेको दोस्रो लेगमा बार्सिलोनालाई रोक्न इस्प्यानियोललाई ठूलो भाग्यले साथ दिनुपर्ने देखिन्छ ।

२ भालभर्डेको रणनीति

खेलको पहिलो हाफमा भालभर्डेको रणनीति के देखियो भने बिपक्षी खेलाडीहरुको दबाबलाई थेग्ने र कमजोरी पत्तालगाई आक्रमण गर्ने । जब बिपक्षीले आफ्नो पोष्टमा आक्रमण गर्न थाल्छ तब उनीहरुलाई रुवाउने गरि आक्रमण गर्ने उनको रणनीति रहेको पाइयो ।

भालभर्डेले कुनै व्याक्तिले मात्रै गोल हान्नुपर्ने भन्दा पनि टिमको खेलाडीहरु सबैको योगदान टिममा रहनुपर्छ भन्ने मान्यता राख्छन् । सो खेलमा पनि यही नै भयो ।

३. बार्सिलोनाको दोस्रो हाफ

यस सिजन बार्सिलोनाको असली खेल दोस्रो हाफमा देखिएको छ । चाहे त्यो एल क्लासिकोमा होस् या बेटिसँगको खेलमा यस सिजन बार्सिलोनाले दोस्रो हाफमा ४० गोल हानेको छ भने जम्मा ४ गोल मात्रै खाएको छ ।

४. भर्माइलिनको दुर्भाग्य

शनिबार रातिको खेलबाट डिफेन्डर थोमास भर्माइलिन पुनः घाइते भएका छन् । भर्माइलिनले बिगत १३ खेलदेखि बार्सिलोनाको टिममा स्थान बनाइरहेका थिए । खेलमा राम्रो प्रदर्शन गरिरहेका उनलाई चोटले सताएको हो । उनले खेलको ४३ औं मिनेटमा नै मैदान छोड्नुपरेको थियो ।

५. सर्जी रोबर्टोको प्रदर्शन

केही दिनअघिमात्रै सन् २०२२ सम्म बार्सिलोनामै बस्ने गरि सम्झौता गरेका सर्जी रोबर्टोले आफु किन बार्सिलोनाको खेलाडी भनेर प्रमाणित गरिदिएको छन् । उनले बेटिससँगको खेलमा उच्च प्रदर्शन गरे डिफेन्स लाइनमा बसेर होइन आफ्नै स्थान मिडफिल्डबाट ।

रोबर्टोले गोल पनि गरेनन् एसिस्ट पनि गरेन् तर टिम गेममा उनको प्रदर्शन उच्च रहेको थियो ।

६. राकेटिचको फर्म

धेरैले भन्ने गर्छन् राकेटिचले गत सिजनदेखि बार्सिलोनामा राम्रो खेल्न सकेका छैन् । टिम गेममा खेल्लन सकेनन् । तर, नयाँ हेयर स्टाइलका साथ भिलामरिन पुगेका उनको गोलले बार्सिलोनाको खाता खोलियो । साथै उनले स्वारेजलाई एसिस्ट पनि प्रदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here