बार्सिलोना लुटिएको त्यो दिन, जसले ला लिगा उपाधिको आशा नै समाप्त पारिदियो

माघ ६ । यूरोपको पाँच चर्चित फुटबल लिगमध्ये स्पेनको ला लिगामा मात्रै ‘गोल लाईन टेक्नोलोजी’ छैन । सोही गोल लाइन टेक्नोलोजी नहुँदा बार्सिलोनाले सिजन २०१६/१७ को ला लिगा ‘उपाधीको आशा’ नै गुमाउनु पर्यो ।

प्रसंग हो । रियल बेसिटससँग भएको खेलको ।

भएको के हो ?

रियल बेटिसको घरेलु मैदान बेनिटो भिलमरिनमा भएको खेलको ७५ औं मिनेटमा बेटिसले कर्नर बल पाएको थियो । कर्नर बललाई बेटिसका एलेक्स एलेग्रियाले गोलमा परिणत गरेका थिए । त्यसपछि पनि बार्सिलोनाले बललाई नियन्त्रणमा लिएर आक्रमणको प्रयास गरिरहेको थियो । खेलको ८० औं मिनेटमा मेसीले दिएको पासमा एलेक्स भिडालले दायाँ डिबक्सबाट बायाँतर्फ बललाई पठाएका थिए । तर, उक्त बललाई क्लियर गर्ने क्रममा बेटिसका जर्मन खेलाडी पेजेल्लाले आफ्नै पोष्टतिर पठाए । बलले गोललाईन क्रस गरिसकेको थियो । तर, बेटिसका खेलाडी ऐस्सा मन्डीले गोल भइसकेको बललाई पनि तानेर बचाइदिए । खेलका मुख्य रेफ्रि एलेक्जेन्डर हर्नान्डेजले मात्रै होइन एसिस्टेन्ट रेफ्रिले पनि लाइनबाट झण्डै डेढ यार्ड पर बल छिरेको पत्तै पाएन् । र गोल दिइएन । उक्त नदिइएको गोलको बारेमा स्वारेज, मेसी, नेयमार, भिडाल लगायत सबै खेलाडीले अपिल गरे । तर, रेफ्रिले कुरै सुनेनन् ।

खेलको नियमित समयपछिको थप समयमा मेसीको पासमा लुईस स्वारेजले गोल गरेर खेल बराबरीमा ल्याए पनि २ बार्सिलोनाले उक्त खेलबाट २ अंक गुमाउनुपर्यो ।

खेलपछि सञ्चारकर्मीहरुको प्रश्नमा प्रशिक्षक लुईस इन्रिकेले रेफ्रिलाई क्यामरा वा अन्य केही कुराहरुको सहायता चाहिएको बताए । यो नतिजाले बार्सालाई फाइदा गर्यो या घाटा त्यो पछि नै थाहा हुने समेत बताए । उता खेल पछि रेफ्री एलेक्जेन्डर हर्नान्डेजले पनि आफुबाट गल्ती भएको कुरा स्विकार गरेका थिए ।

यूरोपका चर्चित लिगहरु प्रिमियर लिग, बुन्डेसलिगा, सिरिया ए तथा लिग वान् मा केही वर्षअघि देखि नै गोल लाईन टेक्नोलोजीको प्रयोग शुरु भइसकेको छ । ला लिगामा भने आर्थिक कारण देखाएर महँगो भन्दै सो टेक्नोलोजी हालको लागि प्रयोग गर्न नसकिने अध्यक्ष जाभियर टेबासले बताउँदै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here