कोउटिन्होको पहिलो खेल इस्प्यानियोलसँग !

माघ ७ । बार्सिलोनाले केही हप्ताअघि किर्तिमानी मूल्यमा लिभरपुलबाट भित्र्याएका ब्राजिलियन खेलाडी कोउटिन्होले इस्प्यानियोलसँगको खेलबाट डेब्यु गर्ने सम्भावना रहेको छ ।

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले यो कुरा बताएका हुन् । लिभरपुलमै हुँदा चोट लागेको उनी निको भई अभ्यास खेलमा समेत आइसकेकोले उनी जनावरी २६ मा घरेलु मैदानमा हुने कोपा डेल रे को क्वार्टरफाइनलको दोस्रो लेगमा उपस्थित हुने सम्भावना औल्याइएको हो ।

बार्सिलोनाले इस्प्यानियोलसँगको पहिलो लेगमा १–० को हार व्यहोरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here