रियल बेटिस भर्सेज बार्सिलोना (म्याच प्रिभ्यू)

माघ ७ । बार्सिलोनाले ला लिगाको २० औं खेल आज अर्थात (नेपाली समय अनुसार सोमबार बिहान १ः३० बजे) रियल बेटिससँग खेल्दैछ । बेटिसको घरेलु मैदान बिनिटो भिलामरिनमा हुने खेलमा बार्सिलोना कडा रुपमा प्रस्तुत हुनेछ । किनकी बार्सिलोनाले यसअघिको कोपा डेल रेको पहिलो लेगमा घरेलु प्रतिद्धन्दी इप्यानियोलसँग हार व्यहोरिसकेको छ ।

अन्तिम पाँच खेल

रियल बेटिस

रियल बेटसले खेलेको अन्तिम पाँच खेलमध्ये ३ खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । बेटिसले ला लिगमा एथ्लेटिको मड्रिडसँग १–० ले तथा एथ्लेटिक क्लबसँग २–० ले हारेको छ भने । सेभिल्लालाई ५–३ गोलले, मालागालाई २–० ले तथा लेगानेसलाई ३–२ गोलले हराएको छ ।

बार्सिलोना

बार्सिलोनाले खेलेको अन्तिम ५ खेलमा ३ मा जित १ मा बराबरी तथा १ मा हरा व्यहोरेको छ । सेल्टा भिगोसँग कोपा डेल रेको अन्तिम १६ मा १–१ को बराबरी, ला लिगामा लेभान्टेमाथि ३–० को जित, कोपा डेल रेको अन्तिम १६ को दोस्रो लेगमा सेल्टाभिगोमाथि ५– को जित तथा ला लिगामै रियल सोसिडामाथि ४–२ को जित बार्सिलोनाले निकालेको छ भने कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा १–० को हार बार्सिलोनाले व्यहोरेको छ ।

बार्सिलोना टिम

डिफेन्डर स्यामुअल युम्टीटी फिट भएर टिममा परेका छन् । त्यस्तै, जेरार्ड ड्यौलोफ्युलाई पनि भिलामरिन जाने टोलीमा राखिएको छ भने बार्सा बी बाट आर्लेस एलेनालाई पनि बोलाइएको छ ।

भिलामरीन जाने टोली, टेर स्टेगन, सेमेडो, पिके, राकेटिच, बुस्केट, स्वारेज, मेसी, सिलेसन, पाउलिन्हो, ड्यौलोफ्यु, अल्बा, डिने, सर्जी रोबर्टो, गोमेज, भिडाल, युम्टीटी, भार्मालिन तथा एलेना ।

घाइते खेलाडीहरु

फिलिप कोउटिन्हो, ओस्माने डेम्बेले, पाको अल्कासर, आन्द्रेज इनियष्टा र जाभियर मास्चेरानो चोटको कारणले टिममा परेका छैनन् । त्यस्तै राफिन्हा, डेनिस स्वारेज तथा यारी मिना प्राविधिक कारणले टोलीमा परेका छैनन् ।

प्रशिक्षकको भनाई

खेलको २४ घण्टा अघि हुने पत्रकार भेटघाटमा बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले बेटिस शाहसी टिम भएको बताएका छन् । बललाई राम्ररी होल्ड गर्न सक्ने क्षमता उनीहरुमा रहेको भन्दै भालभर्डेले आफ्नो टिमलाई सम्हालेर जित्नको लागि खेलाउने बताएका छन् । बेटिसको पछिल्लो खेलहरुले टिममा अझै ऊर्जा थपिएकोले खेल सहज नहुने उनको भनाई रहेको छ । घरेलु प्रतिद्धन्दीसँगको हारले खेलाडीहरुलाई कुनै असर नगरेको उनको भनाइ रहेको छ ।

त्यस्तै बेटिसका प्रशिक्षक क्विको सेटियनले आफ्नो टोली बलियो फर्ममा रहेको बताएका छन् । त्यसैले बार्सिलोनासँगको खेलको लागी आफुहरु तयार रहेको उनको भनाई रहेको छ ।

एथ्लेटिको मड्रिड, लेभान्टेका पूर्व खेलाडी समेत रहेका क्विकोले यसअघि लास पाल्माज सम्हालेका थिए ।

इतिहास

बार्सिलोनाले बेटिससँग लिगमा सन् २००४ मा दुई पटक हार व्यहोरेको छ । अन्तिम १० भेटमा बार्सिलोनाले ८ खेलमा जित हात पारेको छ भने २ खेल बराबरीमा सकिएको थियो । यी दुई टिमबीचको खेलमा सन् १९९६ देखि कम्तीमा २ गोल भएकै छ ।

खेल कसरी हेर्ने ?

टेलिभिजन दर्शकहरुले सोनी टेन टु तथा सोनी टेन टु एचडी च्यानलमाफर्त तथा मोबाइल वा टेयाव प्याडबाट हेर्नेहरुको लागि ‘सोनी लिभ’ मोबाइल एप पनि रहेको छ ।

बार्सिलोना लुटिएको त्यो दिन, जसले ला लिगा उपाधिको आशा नै समाप्त पारिदियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here