बार्सालाई ११ अंकको अग्रता लिने अवसर (एथ्लेटिको मड्रिडकाे बराबरी र भ्यालेन्सियाको हार)

माघ ७ । शनिबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडलाई घरेलु मैदानमै जिरोनाले १–१ को बराबरीमा रोकेपछि बार्सिलोनालाई अग्रता बनाउने मौका मिलेको छ ।

ला लिगाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले जिरोनालाई परास्त गर्न नसक्दा बार्सिलोनालाई फाइदा भएको हो । वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोलीले अग्रता लिएको थियो । यसको लागि एन्टोयन ग्रिजमनले गोल गरे तर, दोस्रो हाफमा ७३ औं मिनेटमा क्रिस्टियन पार्टुले गोल गर्दा खेल १–१ को बराबरीमा सकिएको छ ।

उता, तेस्रो स्थानको भ्यालेन्सियाले पनि अंक गुमाएको छ । तेस्रो स्थानमा रहेको भ्यालेन्सियालाई लास पाल्मासले २–१ ले हराएको हो । खेलको ५ औं मिनेटमा नै भ्यालेन्सिायले अग्रता लिए पनि २० औं मिनेटमा लास पाल्मासको लागि जोनाथन भियराले गोल गरे ।

खेलको ५२ औं मिनेटमा गाब्रियल पाउलिस्टा दोहोर पँहेलको कार्डको शिकार बन्दा पाहुना टाली भ्यालेन्सिया १० खेलाडीमा सीमित बन्यो । सोही समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जानाथन कलेरीले पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित निश्चित गरे ।

लिगमा समा २० खेल खेलेको एथ्लेटिको मड्रिडको ४३ अंक छ भने भ्यालेन्सियाको ४० अंक रहेको छ । उता भिलारियल भने चौथो स्थानमा उक्लिएको छ । २ खेल कम खेलेको रियल मड्रिड ३२ अंक जोडेर लिगको पाँचौं स्थानमा झरेको छ ।

बार्सिलोनाले आज (नेपाली समयअनुसार सोमबार बिहान १ः३० बजे) रियल बेटिससँग खेल खेल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here