बार्सा बी बाट अर्को सिजन यी ४ खेलाडी सिनियर टिममा आउने सम्भावना

माघ ६ । सेगुन्डा डिभिजनमा यस सिजन बार्सिलोना बीले राम्रो प्रदर्शन गर्न सकेको छैन । यद्यपी त्यहाँका केही खेलाडीहरुको भविष्य भने निकै उज्वल रहेको छ । केही खेलाडीहरुको खेलस्तर हेर्दा उनीहरु अर्को वर्ष बार्सिलोनाको सिनियर टिममा आउने सम्भावना रहेको छ । यहाँ हामीले केही प्रतिभावान् खेलाडीहरुको जानकारी प्रस्तुत गरेका छौं ।

जोसे आर्नाइजः

२२ वर्षीय जोसे आर्नाइज अग्रपंत्तिबाट खेल्ने खेलाडी हुन् । उनले यो सिजन बार्सा बी बाट सेगुन्डा डिभिजनमा ६ गोल गरिसकेका छन् । त्यस्तै सिनियर टिमबाट पनि खेल्ने मौका पाएका उनले कोपा डेल रेमा ३ गोल गरेका छन् । उनले ला लिगमा पनि डेब्यु गर्ने मौका पाइसकेका छन् । प्रशिक्षक भालभर्डेले उनलाई लेभान्टेबिरुद्धको खेलमा मैदानमा उतारेका थिए । सिनियर टिममा ड्यौलोफ्यु हुँदा हुँदै पनि उनले सिनियर टिमबाट मौका पाएका छन् ।

कार्लेस एलेना

२० वर्षीय कार्लेस एलेना अट्याकिङ मिडफिल्डर हुन् । उनी बर्साको युवा टिमबाट आएका हुन् । उनी ७ वर्षको हुँदा बार्सिलोनामा आबद्ध भएका थिए । उनले पनि सन् २०१६ मा भएको कोपा डेल रे मा हरक्युल्ससँगको खेलमा बार्साको सिनियर टिमबाट खेल्ने मौका पाएका थिए । त्यो नै उनको सिनियर टिमको लागि डेब्यु खेल हो । त्यस्तै उनले सन् २०१७ मा सम्पन्न ला लिगा अन्तर्गत ग्रानाडासँगको खेल खेल्ने मौका पाएका थिए । उनी दोस्रो हाफमा इभान राकेटिचको बिकल्पमा खेलेका थिए । इनियष्टाको रुपमा हेरिएको उनलाई ‘नेक्स्ट इनियष्टा’को रुपमा हेरिएको छ ।

सर्जी पालेन्सिया

सजी पालेन्सिया बार्सिलोना बीको कप्तान हुन् । २१ वर्षीय राइट ब्याक पालेन्सियाबाट बार्सिलोनाले धेरै अपेक्षा गरेको छ । उनी शारिरिक रुपले पनि बलियो छन् भने प्राविधिक रुपले पनि सक्षम खेलाडी हुन् । उनी डिफेन्स लाइन सम्हाल्न निकै खप्पिस छन् साथै बललाई अगाडि बढाउन पनि निकै सिपालु रहेका छन् ।

उनी सन् २००६ मा ८ वर्षको उमेर छँदा बार्सिलोनामा आबद्ध भएका हुन् । उनको खेल कौशल देखेर यूरोपका ठूला क्लबहरु प्रभावित भएका छन् । तर, उनले बार्सिलोनासँग सम्झौता नविकरण गरिसकेका छन् । साथै उनीसँग टिमलाई नेतृत्व दिनसक्ने खुबी पनि छ ।

मार्क कुकुरेला

१९ वर्षीय मार्क कुकुरेला लेफ्ट ब्याक हुन् । उनी उनी प्राविधिक रुपले निकै सक्षम खेलाडी हुन् । बार्सा जुभिनिलबाट प्रोमोट भएर उनी बार्सिलोना बी आएका हुन् । बार्सा बीमा उनको यो दोस्रो सिजन हो ।

उनीसँग टिममा खेल्ने खेलाडीसँग हुने गुण छ । यस सिजन उनले २२ वटा मध्ये १८ खेल खेल्न पाएका छन् । १८ वटै खेलमा उनी प्लेइङ इलाभेन सेटमा परेका छन् ।

उनले सन् २०१७ को मा बार्सिलोना टिमबाट खेल्ने मौका पनि पाए । रियल मुर्सियासँगको खेलमा उनी लुकास डिनेको स्थानमा मैदान प्रवेश गरेका हुन् ।

सुरेल्ला सन् २०१२ मा घरेलु प्रतिद्धन्दी इस्प्यानियोलबाट बार्सिलोना आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here