लिगको शिर्ष स्थानमा रहेको बार्साको दुबै जुभिनिल टिम विजयी

माघ ६ । बार्सिलोनाको अन्डर नाइन्टिन टिम बार्सिलोना जुभिनिल ए र बार्सिलोना जुभिनिल बी दुबैले शनिबार सम्पन्न खेलमा जित हासिल गरेका छन् ।

जुभिनिल एले जिम्नास्टिक मान्रेसालाई २–१ ले हराएको हो । जुभिनिल एका लागि मोन्चु तथा माटेले गोल गरे ।

त्यस्तै, अर्को खेलमा जुभिनिल बी पनि विजयी भएको छ । जुभिनिल बीले साबाडेललाई ३–१ गोलले हराएको हो । जुभिनिल बीको लागि निल्स मोर्टिमरले २ गोल तथा अन्सुले १ गोल गरेका थिए ।

जुभिनिल एले डिभिजन अर्नर लिग खेलिरहेका छ भने बीले सोही उमेर समूहको नेश्नल लिग खेलिरहेको छ । बार्सिलोनाको यी दुबै जुभिनिल टिम आ आफ्नो लिगमा शिर्ष स्थानमा रहेका छन् ।

जुभिनिल टिम भनेको ला मासियामा चढ्ने खुड्किलो हो । जुभिनिलमा राम्रो प्रदर्शन गर्ने खेलाडीले बार्सिलोना बी अर्थात ला मासियामा प्रवेश पाउँछन् । ला मासियामा राम्रो प्रदर्शन गर्नेले बार्सिलोनाको सिनियर टिममा स्थान बनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here