सर्जी रोबर्टो अझै साढे ४ वर्ष बार्सिलोना बस्ने

माघ ५ । बार्सिलोनाले डिफेन्डर जेरार्ड पिकेको सम्झौता नविकरण गरेको भोलिपल्टै अर्थात शुक्रबार मिलफिल्डर तथा फुल ब्याक सर्जी रोबर्टोसँग पनि सम्झौता नविकरण गरेका छन् । गोल किपर बाहेक सबै स्थानबाट खेलिसकेका उनी अझै साढे ४ वर्ष अर्थात् सन् २०२२ सम्म बार्सिलोनामै रहने भएका छन् ।

सम्झौतासँगै बार्सिलोनाले उनको रिलिज क्लज पनि तोकेको छ । उनको रिलिज क्लज ५०० मिलियन यूरो तोकिएको छ ।

२५ वर्षीय रोबर्टोले युथ करियर सान्तेस क्राउसबाट शुरु गरे पनि उनी सन् २००६ मा बार्सिलोना आएका थिए । बार्सिलोना बी बाट सन् २००९ देखि २०१३ सम्म खेलेका उनले सिनियर टिमबाट सन् २०१० मै डेब्यु गर्ने मौका पाएका थिए ।

उनले बार्सिलोनाको सिनियर टिमबाट ११० खेल खेलिसकेका छन् । रोबर्टोले ४ वटा ला लिगा, ४ वटा कोपा डेल रे, १ स्पेनिस सुपर कप, २ च्याम्पियन्स लिग, १ युरोपियन सुपर कप तथा १ क्लब वल्र्डकप जितिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here