‘यसकारण बार्सिलोना फ्यान हुनुमा गर्व छ’

निलेश अधिकारी

बार्सिलोना, माघ ५ । बार्सिलोनाले बिहिबार राति सम्पन्न स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा घरेलु प्रतिद्धन्दी इस्प्यानियोलसँग १–० को हार व्यहोर्यो । उक्त हारसँगै बार्सिलोनाको २९ खेलको अपराजित यात्रामा टुंगो लागेको छ । यस सिजनको पहिलो हारले पक्कै मेरो खिन्न छ । तर, सर्जियो बुस्केटले खेलपछि भनेजस्तै ‘कहीँ न कहीँ गएर यो हुनु नै थियो ।’ त्यस्तै खेल अघि जेरार्ड पिकेले भनेका थिए ‘यदि बार्सिलोनाले कुनै खेल हार्नुपर्ने भयो भने इस्प्यानिययोलसँगको क्वार्टरफाइनलको पहिलो लेग हार्न चाहन्छ ।’

बार्सिलोनाले जनावरी ४ देखि ५ वटा खेल खेलिसकेको छ । अझै यो महिनाको २२ तारिखमा रियल बेटिससँग, २६ मा इप्यानियोलसँग, २९ मा आलाभेससँग खेल खेल्न बाँकी छ । यस्तो व्यस्त तालिकाको बीचमा पनि बार्सिलोनाको नतिजा राम्रो छ ।

अर्नेष्टो भालभर्डेले क्लब सम्हालेर सिजन शुरु भएपछि ५ महिना बार्सिलोनाले कुनै पनि खेल हारेन । ला लिगामा बार्सिलोना शिर्ष स्थानमा रहेको छ । च्याम्पियन्स लिगमा बार्सिलोनाले चेल्सी प्रतिद्धन्दी पाएको छ । चेल्सी बलियो टिम भए पनि बार्सिलोनाको सामु निरिह हुने कुरामा म विश्वस्त छु अब रह्यो कोपा डेल रेमा इस्पयानियोललाई पराजित गर्ने । खेल घरेलु मैदानमै हुने हुनाले जित सम्भव रहेको छ ।

यूरोपको पाँच चर्चित लिगको टिमहरुमध्ये बार्सिलोनामात्रै कुनै पनि खेल नगुमाउने टिम हो । लिगको १९ खेलमा १६ मा जित तथा ३ मा बराबरी खेलको छ । कूल ५१ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा ९ अंकले माथि, तेस्रो स्थानमा रहेको भ्यालेन्सियाभन्दा ११ अंकले माथि तथा चौथो स्थानमा रहेको रियल मड्रिडभन्दा १९ अंकले माथि छ ।

क्लबमा जोर्डी अल्बाले विश्वको प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीलाई साथ दिएका छन् । कडा प्रतिद्धन्दीलाई हराउनको लागि यो जोडी खुबै जमेको छ । यी दुईको ‘डुओ’ ले ९ गोल गरिसकेका छन् । मेसीलाई अल्बाले ७ वटा पास दिएका छन् भने मेसीले अल्बालाई २ गोलको लागि पास मिलाईदिइसकेका छन् ।

मेसी यो सिजन पनि फर्ममा रहेका छन् । बार्सिलोनाको अपराजित यात्रामा मेसीले २२ गोल गरिसकेका छन् । त्यसमध्ये १७ गोल ला लिगामा गरेका हुन् ।

सँधै आलोचना हुने बार्सिलोनको डिफेन्स लाईन यो वर्ष साँचै ‘सोलिड’ बनेको छ । दुबै गोलकिपर टेर स्टेगन तथा ज्यास्पर सिलेसन दुबै फर्ममा रहेका छन् । बार्सिलोनाले खेलेको ला लिगाको १९ खेलमा जम्मा ७ गोल मात्रै खाएको छ । त्यस्तै, सिलेसनले ५ खेल खेल्दा जम्मा ३ गोल मात्रै खाएका छन् ।

बार्सिलोनालाई पेप ग्वार्डिओलाले एउटा उचाई दिए त्यसपछि, लुइस इन्रिके तथा अहिलेका प्रशिक्षकबाट पनि मेरो अपेक्ष उत्तिकै छ अझै भनौं त्यो भन्दा पनि बढी छ ।

(लेखक निलेश अधिकारी बिगत ६ वर्षदेखि स्पेनको बार्सिलोनामा बस्दै आएका छन् । पहिलो प्रयास भएकोले फोटो तथा अन्य व्याक्तिगत विवरण प्रकाशित नगरिदिन निलेशले गरेको आग्रहको स्विकार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here