यी हुन् ‘बार्सिलोना बी’का कप्तान सर्जी पलेन्सिया (भिडियो सहित)

माघ ५ । सेगुन्डा डिभिजनमा यस सिजन बार्सिलोना बीले राम्रो प्रदर्शन गर्न सकेको छैन । यद्यपी त्यहाँका केही खेलाडीहरुको भविष्य भने निकै उज्वल रहेको छ । केही खेलाडीहरुको खेलस्तर हेर्दा उनीहरु अर्को वर्ष बार्सिलोनाको सिनियर टिममा आउने सम्भावना रहेको छ । सम्भावना बोकेका खेलाडी मध्येका एक हुन् सर्जी पलेन्सिया ।

सर्जी पलेन्सिया बार्सिलोना बीको कप्तान हुन् । २१ वर्षीय राइट ब्याक पलेन्सियाबाट बार्सिलोनाले धेरै अपेक्षा गरेको छ । उनी शारिरिक रुपले पनि बलियो छन् भने प्राविधिक रुपले पनि सक्षम खेलाडी हुन् । उनी डिफेन्स लाइन सम्हाल्न निकै खप्पिस छन् साथै बललाई अगाडि बढाउन पनि निकै सिपालु रहेका छन् । स्पेनिस मिडिया मुन्डो डिर्पोटिभोले उनलाई बार्यन म्युनिखका फुल ब्याक ‘फिलिप लहाम’सँगपनि तुलना गरेका छन् ।

उनी सन् २००६ मा ८ वर्षको उमेर छँदा बार्सिलोनामा आबद्ध भएका हुन् । उनको खेल कौशल देखेर यूरोपका ठूला क्लबहरु प्रभावित भएका छन् । तर, उनले बार्सिलोनासँग सम्झौता नविकरण गरिसकेका छन् । साथै उनीसँग टिमलाई नेतृत्व दिनसक्ने खुबी पनि छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here