NEXT MATCH: रियल बेटिस भर्सेज बार्सिलोना

माघ ४ । बुधबार राति सम्पन्न खेलमा इस्प्यानियोलसँग १–० को हार व्यहोरेको बार्सिलोनाले ला लिगाको २० औं खेल सोमबार बिहान १ः३० (नेपाली समय) मा खेल्दैछ । खेल बेटिसको घरेलु मैदान बिलिटो भिलामरिनमा हुनेछ ।

बेटिसँगको लिगको पहिलो चरणमा भएको खेलमा बार्सिलोनाले २–० ले पराजित गरेको थियो । गत अगष्ट २० मा भएको खेलको ३६ औं मिनेटमा बेटिसकै टोस्काले आत्मघाती गोल तथा सर्जी रोबर्टोले ३९ औं मिनेटमा गोल गरेका थिए ।

उक्त खेलमा मेसीले प्रहार गरेको बल ३ पटकसम्म क्रसबारमा लागेको थियो । बार्सिलोना यस सिजन ला लिगामा एकै मात्र अपराजित टिम हो ।

लिगमा १९ खेल खेलेको बार्सिलोना ५१ अंकका साथ लिगको शिर्ष स्थानमा छ भने समान खेल खेलेको रियल बेटिस २७ अंंकको साथ लिगको २७ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here