बार्साका ‘कट्टर समर्थक’ पिके सन् २०२२ सम्म बार्सिलोनामै रहने

माघ ४ । डिफेन्डर जेरार्ड पिकेले बार्सिलोनासँगको सम्झौता नविकरण गरेका छन् । उनले सन् २०२२ सम्म रहने गरि सम्झौता गरेका हुन् ।

३० वर्षीय पिकेको बाईआउट क्लज पनि तोकिएको छ । यदि उनी कुनै क्लबमा जान चाहेमा वा क्लबले भित्र्याउन चाहेमा बार्सिलोनालाई ५०० मिलियन यूरो तिर्नुपर्ने हुन्छ । पिके सन् १९९७ मा बार्सिलोनासँग आबद्ध भएका हुन् । उनी सन् २००४ मा प्रिमियर लिगको क्लब म्यान्चेस्टर युनाइटेड गएका थिए । म्यान्चेस्टर युनाइटेडले उनलाई लोनमा जारागोजा पठाएको थियो । सोही क्लबबाट उनी सन् २००८ मा बार्सिलोना आएका हुन् ।

बार्सिलोनाबाट २६० खेल खेलिसकेका उनले २२ गोलको योगदान पनि गरेका छन् ।

पिकेले बार्सिलोना बाहेक अन्य क्लबबाट खेल नखेल्ने घोषणा गरिसकेका थिए । सार्वजनिक रुपमै उनले यदी बार्सिलोना बाहेक अन्य क्लबाट खेल खेल्नु परे फुटबलबाटै सन्यास लिने घोषणा गरेका थिए ।

पिके सर्वाधिक उपाधी जित्ने खेलाडीको सूचीमा पनि पर्छन् । उनले हालसम्म १८ वटा महत्वपूर्ण उपाधी जितेका छन् । जसमध्ये ६ वटा ला लिगा, ४ वटा च्याम्पियन्स लिग, १ प्रिमियर लिग, ५ वटा कोपा डेल रे, १ विश्वकप तथा १ यूरोपियन च्याम्पियनसिप रहेका छन् ।

पिके बार्सिलोनाका खेलाडी मात्रै होइन् । उनी कट्टर बार्सा समर्थक पनि हुन् । उनी क्लबको बोर्डसँग निकै नजिक पनि छन् । त्यसोत उनको परिवार नै बार्सिलोनाको बोर्डसँग प्रतक्ष अप्रत्यक्ष रुपमा जोडिएकोले उनलाई बार्सा समर्थकहरुले भविष्यको बार्साको अध्यक्षको रुपमा हेरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here