इस्प्यानियोलसँग बार्सिलोनाले कसरी हार्यो ? (विश्लेषण)

माघ ४ । प्रि–सिजनका खेल बाहेक अन्य कुनै पनि खेलमा यस सिजन हार नब्यहोरेको बार्सिलोनालाई इस्प्यानियोलले बुधबार राति सम्पन्न खेलमा १–० गोलले हराएको छ । खेलको नियमित समय सकिन मात्र २ मिनेट बाँकी छँदा बार्सिलोनाले खेलमा सन्तुलन गुमायो । अझै विशेष गरेर डिफेन्स लाइन चुक्दा बार्सिलोनाले गोल खानुपर्यो । इस्प्यानियोलका खेलाडी मार्क नोभारोले डिबक्सभित्र ‘नो म्यान्स ल्याण्ड’मा बसेका ओस्कार मिलिन्डोलाई पास मिलाईदिए र मिलिन्डोले गोलकिपर ज्यास्पर सिलेसनलाई बिट गरेर गोल गरे ।

गल्ती कहाँ ?

उक्त खेलमा अर्नेष्टो भालभर्डेले इस्प्यानियोलको टिमलाई केही कमजोर आंकलन गरेर लाईनअप निकालेको देखियो । क्याटालान डर्बी त्यहीमाथि उसैको घरेलु मैदानमा नियमित खेलाडीहरु जोर्डी अल्बा, इभान राकेटिच, लुईस स्वारेजलाई बेन्चमा राखेर लुकास डिन्हे, डेनिस स्वारेज, एलेना जस्ता खेलाडीलाई मैदानमा उतार्दा नतिजा बार्सिलोनाको पक्षमा गएन ।

खेलमा बार्सिलोनाको अग्र, मध्य तथा डिफेन्स लाईनमा तालमेल नै देखिएन । मिडफिल्डमा चोटको कारण मैदान बाहिर रहेका आन्द्रेज इनियष्टाको अभाव कसैले टार्न सकेनन् । खेलमा सर्जी रोबर्टो र सर्जियो बुस्केट बाहेक अन्य खेलाडीहरुको प्रदर्शन तारिफ योग्य थिएन । केही हदसम्म ज्यास्पर सिलेसन, जेरार्ड पिके, थोमास भर्माइलिन तथा कार्लोस एलेनाले खेलमा योगदान दिए ।

लाईन अप

खेलमा सबैभन्दा नराम्रो प्रदर्शन गर्नेमा डेनिस स्वारेज र पाउलिन्हो देखिए । पेनाल्टीमा चुकेका मेसीले उनको स्तरको खेल खेल्न सकेनन् ।

रेटिङ,

ज्यास्पर सिलेजन ६/१०
सर्जी रोबर्टो ८/१०
जेरार्ड पिके ६/१०
थोमास भमाईलिन ६/१०
सर्जियो बुस्केट ७/१०
पाउलिन्हो ५/१०
कार्लोस एलेना ६/१०
एलेक्सिस भिडाल ५/१०
लियोनल मेसी ५/१०
डेनिस स्वारेज ४/१०

बैकल्पिक खेलाडी
इभान राकेटिच ५/१०
लुईस स्वारेज ५/१०
राफिन्हा ५/१०

स्ट्याट

बार्सिलोना ७२ प्रतिशत बल पोसेसन कायम राख्दा पनि गोल गर्नबाट चुक्यो । बार्सिलोनाले ४ वटा सट फ्रेमबाहिर हान्दा इस्प्यानियोलले पनि ४ वटै हान्यो । उता ४ वटा बल टार्गेटमा पर्दा इस्प्यानियोलका गोलकिपर रियल मड्रिडका पूर्व खेलाडी डियगो लोपेज बाधक बने । त्यस्तै सिलेसनले पनि ३ वटा सट बचाए । ८८ औं मिनेटमा डिफेन्डरले गल्ती गर्दा उनी पनि चुके ।

इस्प्यानियोलका प्रशिक्षक (क्विको सान्चेज फ्लोरेस)

बुधबार रातिको खेलमा इस्प्यानियोलका प्रशिक्षक क्विको सान्चेज फ्लोरेस सफल देखिए । खेलमा बल नियन्त्रण गर्ने भन्दा पनि पाएको अवसलाई सिधै पोष्टमा आक्रमण गर्ने उसको रणनीति देखियो । मुख्य खेलाडीलाई नछोड्ने रणनीतिले पनि काम गर्यो । रियल मड्रिडका पूर्व खेलाडी रहेका उनले १० वटा अलग अलग फुटबल टिमको व्यवस्थापन सम्हालिसकेका छन् । लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसके पनि बलिया टिमलाई हराउन यसको रणनीति बलियो नै हुन्छ । अनबिटन फर्मममा रहेको एथ्लेटिको मड्रिडलाई पनि उसैको रणनीतिले हराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here