क्याटालान डर्बीमा बार्सिलोनाको हार

माघ ४ । बुधबार राति सम्पन्न स्पेनिस कोपा डेल रे को पहिलो क्वार्टरफाइनल लेगमा बार्सिलोनाले पराजय ब्यहोरोको छ ।

बार्सिलोना घरेलु प्रतिद्धन्दी इप्यानियोलसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।

हारसँगै बार्सिलोनाको २९ खेलको अपराजित यात्रामा टुंगो लागेको छ ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको यी दुई टिमले दोस्रो हाफमा केही महत्वपूर्ण अवसरहरु खेर फाल्यो । खेलको ६२ औं मिनेटमा लियोनल मेसी पेनाल्टीबाट गोल गर्न चुके ।

तर, खेलमा घरेलु टोलीले ८८ औं मिनेटमा अग्रता लियो । मार्क नाभारोको पासमा ओस्कार मिलिन्डोले गोल गरे । सोही गोल नै इस्प्यानियोलको लागि पर्याप्त भयो ।

दोस्रो लेग जनावरी २६ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here