पेलेले भने रोनाल्डोभन्दा मेसी परिपक्व खेलाडी हुन्

माघ ३ । ब्राजिलियन फुटबल हस्ती पेलेले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको बारेमा बोलेका छन् ।

उनले एक टेलिभिजनसँग कुरा गर्दै रोनाल्डोभन्दा मेसी पूर्ण रूपले परिपक्व खेलाडी भएको बताएका छन् ।

उनले भने ‘मेसीले बिगत १० वर्षदेखि एउटै स्तरको खेल पस्किरहेका छन् तर रोनाल्डो मात्र गोल गर्ने खेलाडी हुन् ।’ उनले थपे रोनाल्डो गोल मात्रै गर्छन् तर मेसीले अरूलाई अवसर पनि सृजना गरिदिन्छन् र गोल गर्न पनि उनी खप्पिस छन् । पूर्ण रूपले परिपक्व खेलाडी मेसी हुन् । यसमा शंका छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here