रियल मड्रिडका फ्यानहरुको पनि प्रिय रोनाल्डिन्हो…

माघ ३ । फुटबलबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्होले फुटबल प्रेमीहरुलाई गज्जब गज्जबको सम्झना दिएर गएका छन् । सँधै हासिरहने रोनाल्डिन्हो बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने भए पनि रियल मड्रिडका फ्यानहरुकोले पनि उनको खेल कौशल र सँधै हासिरहने बानीको तारिफ खुलेै गर्ने गरेका छन् ।

रियलको घरेलु मैदानमा असाधारण गोल गरेपछि उनको समर्थनमा रियलका फ्यानहरुले उठेर ताली बजाएका थिए । सन् २००५ मा बेनाबेउमा भएको खेलको एल क्लासिकोमा रोनाल्डोको प्रदर्शन हेर्नलायक थियो ।

त्यती मात्रै होइन संकटमा परेको बार्सिलोनालाई फर्ममा ल्याउन उनको योगदान विशेष रहेको छ । समर्थकहरुलाई भगवान् मान्ने बानीले उनलाई अझै माथिल्लो स्तरमा राखेर सम्मान गर्ने गरिन्छ ।

रोनाल्डिन्होले सन् २००५ मा बालोन डीओर  अवार्ड पनि जितेका थिए । सो समयमा उनलेचेल्सीका फ्राङ्क लाम्पार्ड तथा लिभपुलका स्टेभिन जेरार्डलाई पछि पारेर अवार्ड जितेका थिए ।

क्लबले पनि उनलाई ठूलो सम्मान गर्ने गरेको पाइन्छ । सोही अनुरुप उनलाई वर्ष २०१७ को लागि क्लबका सद्भावनादूत बनाएको थियो ।

सँधै हाँसिरहने क्याम्प नाउका दाजुगर रोनाल्डिन्होले लिए सन्यास

रोनाल्डिन्हो सन् २००३ मा पीएसजीबाट बार्सिलोना आएका हुन् । उनले बार्सिलोनाबाट ५ वर्षसम्म व्यवसायीक फुटबल खेले । त्यसपछि उनी सन् २००८ मा इन्टर मिलानतर्फ लागेका हुन् । उनले बार्सिलोनाबाट उनले १४५ खेल खेले र ७० गोलको योगदान पनि गरे ।

केही भिडियो माफर्त,

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here