सँधै हाँसिरहने क्याम्प नाउका जादुगर रोनाल्डिन्होले लिए सन्यास

माघ ३ । ब्राजिल तथा बार्सिलोनाका खेलाडी रोनाल्डिन्होले फुटबलबाट आधिकारिक रुपमा सन्यास लिएका छन् । यो कुराको जानकारी उनका दाजु तथा एजेन्ट रोबर्टो एसिसले दिएका हुन् ।

३७ वर्षीय रोनाल्डिन्होले सन् २०१५ देखि क्लबबाट व्यवसायीक फुटबल खेलेका थिएनन् ।

केही महिना अघि उनले सन् २०१८ मा फुटबलबाट व्यवसायीक रुपमा सन्यास लिने घोषणा गरेका थिए ।

रोनाल्डिन्हो सन् २००३ मा पीएसजीबाट बार्सिलोना आएका हुन् । उनले बार्सिलोनाबाट ५ वर्षसम्म व्यवसायीक फुटबल खेले । त्यसपछि उनी सन् २००८ मा मिलानतर्फ लागेका हुन् । उनले बार्सिलोनाबाट उनले १४५ खेल खेले र ७० गोलको योगदान पनि गरे ।

उनले पहिलो सिजन सन् २००३ देखि २००४ सम्म बार्सिलोनाबाट जम्मा ३२ खेल खेले जसमा १५ गोलको योगदान गरे ।

त्यस्तै, सन् २००३ देखि २००४ सम्म ३५ खेलमा ९ गोल, २००५ देखि २००६ सम्म २९ खेलमा १७ गोल, २००६ देखि २००७ सम्म ३२ खेलमा २१ गोल तथा २००७ देखि २००८ सम्म १७ खेलमा ८ गोल गरेका थिए ।

बार्सिलोनाका खेलाडी लियोनल मेसी उनको प्रिय खेलाडी हुन् भने मेसीको पनि उनी प्रिय खेलाडी हुन् ।

बार्सिलोनका प्रशिक्षक राइकार्डको अन्डरमा रहेर उनले खेल खेलेका हुन् । संकटमा परेको बार्सिलोनाको खेलस्तर उकास्न उनको विशेष योगदान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here