मेसीले बार्सिलोनाबाट कति पारिश्रमिक पाउँछन् ?

माघ २ । सन् २००१ देखि बार्सिलोनामा आबद्ध विश्वको सर्वोत्कृष्ट खेलाडी लियोनल मेसीले गत नोभेम्बरमा क्लबसँग सन् २०२१ सम्मको लागि नयाँ सम्झौता गरे । उनले बार्सिलोनासँग सम्झौता गरे पनि कति पारिश्रमिक पाउने भन्ने खुलेको थिएन ।

केहीदिनअघि फुटबल फुटबल लिक्सले प्रकाशित गरेको समाचार अनुसार मेसीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक पाउँने गरेका छन् । त्यस्तै उनले वार्षीक रुपमा १ सय २३ मिलियन अमेरिकी डलर (पारिश्रमिक तथा अन्य शिर्षकबाट) कमाउँछन् । यो रकम रियल मड्रिडका क्रिस्टियानोले पाउने रकमभन्दा झण्डै दोब्बर बढी हो ।

त्यस्तै, उक्त समाचार अनुसार मेसी सम्झौता अवधिभर बार्सिलोनामै बसे भने थप ८५ मिलियन डलर पनि पाउने छन् । बार्सिलोनाले मेस्सीको रिलिज क्लज ८ सय ५४ मिलियन अमेरिकी डलर तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here