डेम्बेलेले ला लिगा तथा कोपाको यी खेलहरु छुटाउने

माघ २ । बार्सिलोनाका खेलाडी ओस्माने डेम्बेले पुनः घाइते भएका छन् । साढे ३ महिना मैदान बाहिर बसेर आराम गरिरहेका डेम्बेले डिसेम्बरको अन्तिममा मैदान फर्केका हुन् । उनी एक साता खेलेर पुनः घाइते भएका छन् ।

रियल सोसिडासँगको खेलमा डेम्बेलेलाई हामस्ट्रिङ भएको थियो । उक्त चोट निको हुन करिब ३ देखि ४ हप्ता लाग्ने बताइएको छ । बार्सा समर्थकहरुलाई खुसीको खबर के भने उक्त चोट निराकरणको लागि कुनै पनि अपरेसन गर्नुनपर्ने भएको छ ।

डेम्बेलेले पाँच ला लिगा तथा कोपाको खेल छुटाउने

चोटको कारण डेम्मेलेले इस्प्यानियोलसँग हुने कोपा डेल रेको दुबै लेग गुमाउने भएका छन् । यदि बार्सिलोना कोपा डेल रेमा सेमिफाइनल पुगेमा सो खेल पनि उनले गुमाउनेछन् । उनले रियल बेटिस, आलाभेज, इस्प्यानियोल, गेटाफे तथा आइबारसँगको खेल गुमाउने भएका हुन् । त्यस्तै, फेब्रुअरीमा चेल्सीको घरेलु मैदानमा हुने च्याम्पियन्स लिगको पहिलो लेगमा पनि उनी उपस्थित हुन नसक्ने समाचार आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here