सोसिडाडका प्रशिक्षकले भनेः मेसी इतिहासकै महान् खेलाडी हुन् (प्रतिक्रियाहरु)

यूसेबियो (सोसिडाडका प्रशिक्षक)

माघ १ । बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले हराएपछि खेलाडी तथा प्रशिक्षकहरुले यस्तो प्रतिक्रिया दिएका छन् ।

अर्नेष्टो भल भालभर्डे (बार्सा प्रशिक्षक)

– सोसिडाडसँगको खेलको राम्रो पाटो आत्मविश्वास हो । चाह्यो र सम्हालियो भने जे पनि हुन्छ ।
– सोसिडाड राम्रो टिम हो तर, हामीले सुन्दर खेल खेल्यौं ।
– धेरैले सोच्छन् हामीले लिग जितसिक्यौं, सोच्नेले जे सोचुन् तर, हामीलाई सबै खेल जित्नुछ ।
– हाम्रो उदेश्य बलियो टिम सबैलाई जित्ने हो ।
– हामी टिम गेम खेल्दैछौं, त्यसैले हाम्रो खेल सुधारिएको छ ।
– सुपर कोपामा हारेपछि हामीले २९ खेल हारेका छैनौं, शुरुमा हामीलाई गाह्रो थिया तर, अहिले सबै राम्रो हुँदैछ ।

यूसेबियो (सोसिडाडका प्रशिक्षक)

– मेसी इतिहासकै सबैभन्दा महान् खेलाडी हुन् ।

जाेर्डी अल्बाः

– हाम्रो सफलताको रहस्य ब्यालेन्स टिम हो । हाम्रो टिमवर्क राम्रो छ ।
– लिगमा रियलसँग १९ अंकको अग्रता धेरै नै हो, तर रियल अन्तिमसम्म लडिरहन्छ ।
– यदि मड्रिड हाम्रो स्थानमा अनि हामी १९ अंकले तल भएको भए हामीलाई बार्सिलोनामा मार्नेथियो ।
– बार्सिलोना र रियलबीचको फरकको बारेमा मलाई मतलब छैन । जब रियलले हार्छ, त्यो हाम्रो लागि फाइदाको कुरा हो ।

पाउलिन्होः

– त्यो खेल निकै कठिन खेल थियो । खेलको दोस्रो हाफमा हामीले सन्तुलनमै रहेर सोसिडाडमाथि दबाब सृजना गरेका थियौं । पहिलो हाफमा उनीहरु हावी भएका थिए ।

भर्मालिनः

– एनोइटाको इतिहासबारे हामी जानकार थियौं । हामी २–० ले पछि परेको स्थितिलाई उल्ट्यायौं, जुन सहज थिए ।
– भालभार्डेले मलाई पतिसक्दो बिपक्षी टिममाथी दबाब दे भनेका थिए । सोही अनुरुप खेल्दा मैले स्वारेजको गोलमा एसिस्ट गर्न पाँए ।
– रियल मड्रिड हाम्रो प्रतिद्धन्दी होइन अन्य टिमजस्तै एक टिम हो । लिग जित्नको लागि हामीले सबैलाई परास्त गर्नुपर्छ ।
– मैले बार्सिलोनाबाट खेल्न पाएँ यो मेरो लागि खुसीको कुरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here