सोसिडाडबिरुद्ध गोल गरेर मेसीले तोडे यस्तो किर्तिमानी

माघ १ । बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले हराउँदा मेसीले पनि एक गोल हाने । उनले खेलको ८५ औं मनिेटमा लङ्ग रेञ्ज फ्रिकिक हानेर गोल गरेका हुन् । मेसीले उक्त गोल हान्दा अर्को रेकर्ड ब्रेक भएको छ । उनले जर्मन खेलाडी गर्ड मुलरको रकेर्ड भंग गरेका हुन् ।

एउटै क्लबबाट सर्वाधिक लिग गोल गर्ने खेलाडीमा अब मेसीको नाम आएको छ । यूरोपको पाँच प्रतिष्ठित लिगमध्ये बार्सिलोनाका खेलाडी मेसीले बार्सिलोनाबाट जम्मा ३६६ गोल गरे । उता जर्मन बुन्डेसलिगाको बार्यन म्युनिखका खेलाडी गर्ड मुलरले ३६५ गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here