रियल सोसिडाडबिरुद्धको खेल कस्तो रह्यो (प्रविधिक पक्षबाट विश्लेषण)

माघ १ । बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोल अन्तरले हराएसँगै एनोइटा रंगशालमा बिगत ११ वर्षदेखि निकाल्न नसकेको जित निस्केको छ । खेलको शुरुमा घरेलु टिम सोसिडाडले २ गोलको अग्रता लिएको थियो तर, खेलमा फर्केको बार्सिलोनाले लगातार ४ गोल हानेर एनोइटाको रेकर्ड ब्रेक गरेको हो । बार्सिलोनाको लागि खेलको ३९ औं मिनेटमा स्वारेजको पासमा पाउलिन्होले, ५० औं मिनेटमा मेसीको पासमा स्वारेजले, ७१ औं मिनेटमा भर्मालिनको पासमा स्वारेजले तथा ८५ औं मिनेटमा मेसीले फ्रिकिक मार्फत गोल हानी बार्सिलोनाको जित सुनिश्चित गरेका हुन् ।

११ वर्षपछि एनोइटाको रेकर्ड उल्टियो, बार्सिलोनाको ‘कमब्याक विन’

लाइनअप,

स्ट्याट

प्लेयर रेटिङ, (जम्मा १० मा)

  • टर स्टेगन ६/१०
  • सर्जि रोवर्टो ८/१०
  • जेरार्ड पिको ६/१०
  • थोमास भर्मालिन ७/१०
  • जार्डी अल्बा ६/१०
  • सर्जियो बुस्केट ६/१०
  • पाउलिन्हो ६/१०
  • इभान राकेटिच ६/१०
  • आन्द्रे गोमेज ४/१०
  • लियोनल मेसी ७/१०
  • लुइस स्वारेज ९/१०

खेलका उत्कृष्ट खेलाडीः लुईस स्वारेज
सबैभन्दा कमजोर प्रदर्शन गर्नेः आन्द्रे गोमेज

प्रशिक्षकः

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले खेल अघि भनेका थिए ‘रियल सोसिडाड सिजनको शुरुमा जति बलियो थियो हाल त्यतिको बलियो छैन । तर, त्यहाँ प्रभावशाली खेलाडीहरु छन् । हामी त्यहाँ इतिहासमा हारेको वा बराबरी खेलेको कुरालाई सम्झेर जाने होइन हाम्रो वर्तमान अवस्थालाई सोचेर जितको लागि जाँदैछौं ।’ उनले यो भनाईलाई सोमबार बिहान (नेपाली समय) सम्पन्न खेलबाट चरितार्थ गरिदिएका छन् । खेलमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउन उनले खेलमा रणनीति परिवर्तन गरेको प्रश्टै देखिन्छ । तर, उक्त खेलमा लेफ्ट मिडफिल्डमा खेलाउँदा नत उनको योगदान खेलमा नै रह्यो नत जोर्डी अल्बाले नै राम्रो खेल्न सके ।

अंक तालिका:

लिगको आधा खेल खेलेको बार्सिलोनाले ५१ अंक जोडेको छ । बार्सिलोना यूरोपको चर्चित पाँच लिगमध्ये एउटै मात्र टिम हो जसले यस सिजन कुनै पनि खेल हारेको छैन । लिगमा बार्सिलोनाले १६ खेलमा जित तथा ३ खेलमा बराबरी खेलेको छ । बार्साले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा ९ अंकले, तेस्रो स्थानको भ्यालेन्सियाभन्दा ११ अंकले तथा चौथो स्थानको रियल मड्रिडभन्दा १९ अंकले तल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here