यस सिजन थोमस भर्माइलिनको प्रदर्शन कस्तो ?

माघ १ । बार्सिलोनाबाट उत्कृट खेल खेलिरहेका सेन्टर डिफेन्डर स्यामुएल युम्टीटी चोटको कारण दुई महिना मैदान बाहिर बस्नुपरेपछि बार्सिलोनाको डिफेन्स लाईन चुक्ने अनुमान गरिएको थियो । तर, चोटकै काराण लामो समय मैदान बाहिरै रहेका बेल्जियम इन्टरनेशनलका थोमस भर्माइलिनले उनको अभाव पूर्ति गरिदिएका छन् ।

गत नोभेम्बरमा युम्टीटी घाइते भएपछि बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेलेले भर्माइलिनलाई यस सिजन लयमा रहेको भ्यालेन्सियाबिरुद्धको खेल्ने ११ जनाको सूचीमा राखेका थिए । उनको प्रदर्शन उच्च भएको कारणले त्यसपछिका ८ मध्ये ७ खेलमा खेल्ने मौका पाएका छन् ।

बार्सिलोनाको प्रतिद्धन्दी रियल मड्रिडलाई ३–० गोलले पराजित गर्दा उनले महत्वपूर्ण योगदान दिएका थिए । बार्सिलोनाले खेलेको रियल सोसिडाडबिरुद्धको खेलमा भर्माइलनले डिफेन्स लाइन मात्रै सम्हालेनन् एउटा गोलमा एसिस्ट समेत प्रदान गरे । उनले सोसिडाडको गोलकिपरले हानेको बललाई हेडिङ हानेर स्वारेजलाई गोल गर्ने अवसर प्रदान गरेका थिए ।

यसरी युम्टीटी चोटबाट फर्केपछि बार्सिलोनाको डिफेन्स लाईन अझै बलियो देखिने भएको छ । नयाँ डिफेन्डर यारी मिनाको उपस्थितिले अझै डिफेन्स लाइनमा सुधार हुने देखिएको हो ।

युम्टीटी मैदान फर्केपछि भालभर्डेले बार्सिलोनालाई ‘थ्री म्यान डिफेन्स’ फर्मेसनमा खेलाउन सक्ने सम्भावना पनि प्रवल रहेको छ ।

डच क्लब आएक्सको एकेडेमीमा हुर्केका भर्माइलिन सन् २०१३ मा बार्सिलोना आवद्ध भएका हुन् । त्यसअघि उनी इंग्लिस क्लब आर्सनलका कप्तान रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here