१.९५ मिटर उचाईका यारी मिनाको बार्सा सपना पुरा

पुस ३० । बार्सिलोनाले पछिल्लो समय भित्र्याएको कोलम्बियन खेलाडी यारी मिनालाई शनिबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । पूर्व क्लब पाल्मेरसका डिफेन्डर मिनाको बार्साबाट खेल्ने सपना पुरा भएकोमा उनले भावुक हुँदै बार्सिलोनाको जर्सीको इज्जत गर्ने बताएका छन् ।

सार्वजनिक कार्यक्रममा मिनाले आफु विश्वको उत्कृष्ट फुटबल क्लबमा आबद्ध हुन पाएकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रममा उनी आफ्ना बुबा काका तथा वकिलसँग आएका थिए । उनले कार्यक्रममा केही कुराहरु क्याटालान भाषामा समेत राखेका थिए ।

सार्वजनिक कार्यक्रममा मिनाले भने ‘म बार्सिलोनासँग आबद्ध हुन पाएकोमा निकै खुसी छु । यो विश्वको सबैभन्दा ठूलो फुटबल क्लब हो यहाँसम्म मलाई ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु । मैले धेरै कुरा सिक्न बाँकी छ । यो कुराहरु म चाँडोभन्दा चाँडो टिमका सदस्य तथा प्रशिक्षकबाट सिक्नेछु । म अझै क्लबलाई ठूलो बनाउन चाहान्छु ।

त्यस्तै बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले पनि मिनासँग बार्साबाट खेल्नसक्ने क्षमता रहेको बताए । उनले थपे मिनालाई भित्र्याउन पाउँदा समर्थकहरु पनि खुसी रहेका छन् ।

सार्वजनिक कार्यक्रमपछि मिनाले बार्सिलोनाका खेलाडीहरुसँग परिचयात्मक कार्यक्रम गरेका थिए । उनीले मेसीलाई पनि भेटेका थिए । मेसीसँगको भेटको बारेमा कुरा गर्दै उनले भने ‘जब मेसी र मैले हात मिलाए तव मेरो जिउमा एक किसिमको तरंग पैदा भयो ।’

२३ वर्षीय मिनालाई बार्सिलोनाले भित्र्याउने प्रयास गरिरहेका थियो । १.९५ मिटर उचाईका मिना सेन्टर डिफेन्डर हुन् । उनी उक्त अमेरिकाका सबै देशको ११ जनाको फुटबल टोली बनाउँदा त्यहा परेका खेलाडी हुन् ।

मिनालाई बार्सिलोनाले सार्वजनिक गर्दैगर्दा उनको जन्मस्थलमा मेला लागेको थियो । गाउँलेहरु भेला भएर मिना सार्वजनिक कार्यक्रम हेरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here