पीएसजीलाई रोनाल्डो दिएर नेयमार भित्र्याउने तयारीमा रियल मड्रिड

पुस ३० । यस सिजन खराब प्रदर्शनबाट गुज्रिरहेको रियल मड्रिडले नेयमारलाई भित्र्याउने प्रयास गरिरहेको स्पेनिस सञ्चारमाध्यम एएसले जनाएको छ । रोनाल्डो फर्ममा नभएको कारणले स्टार स्ट्राइकरहरुको खोजी गर्दा नेयमार नै देखेपछि मड्रिड जसरी पनि उनलाई भित्र्याउन लागेको समाचारमा जनाइएको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट नेयमारलाई ल्याउन मड्रिडले रोनाल्डो दिनेसम्मको तयारी थालेको बताइएको छ ।

रोनाल्डोले पनि सार्वजनिक रुपमै रियल मड्रिड छाड्ने संकेत गरिरहेको बेलामा नेयमार आउने सम्भावना प्रवल रहेको छ ।

बार्सिलोनामा लियोनल मेसी र स्वारेजको छायाँमा परेको भन्दै पीएसजीलाई च्याम्पियन्स लिग जिताउन र आफू फिफा वर्ष खेलाडी बन्न गएका नेयमार पीएसजीमा पनि अफ्ट्यारो स्थितिमा छन् । उनी त्यहाँ पनि एडिसन काभानी, एमबाप्पे लगायतका खेलाडीहरुसँग सम्बन्ध राम्रो नभएको समाचारहरु प्रकाशनमा आइरहेको बेला नेयमारको लागि पनि रियल मड्रिड एक राम्रो बिकल्पको रुपमा लिइएको छ ।

मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरजले नेयमारलाई विश्वकप फुटबलपछि ल्याउने तयारी थालेको हो । तर, बार्सिलोनाबाट २२२ मिलियन यूरो खर्चेर भित्र्याएको नेयमारलाई पीएसजीले नपठाउने क्लबका अध्यक्ष नासिर अलखलिफले बताएका छन् ।

नेयमार आफै उत्तम बिकल्प खोज्दै हिँडिरहेको बेला ब्राजिलका सहकर्मी कासेमेरो तथा मार्सेलो रहेको कारणले पनि उनी रियल मड्रिड जाने सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here