राइभल वाचः चेल्सीलाई १० खेलाडीमा सिमित लेस्टर सिटीले रोक्यो

पुस ३० । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई १० खेलाडीमा सिमित लेस्टर सिटीले गोलरहित बराबरीमा रोकेको छ । चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै पक्षबाट गोल हुन सकेन ।

खेलको ६८ औं मिनेटमा लेस्टर सिटीका बेन चिलवेलले दाहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्नुपर्यो तै पनि चेल्सीले गोल गर्न सकेन । चेल्सीको ७ वटा सटलाई लेस्टरका गोलकिपरले बचाएका थिए । लिगमा २३ खेल खेलेको चेल्सी ४७ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सी प्रतिद्धन्दी पाएको छ । यी दुई टिमबीचको पहिलो लेग फेब्रुअरी २१ मा चेल्सीको घरेलु मैदानमा हुनेछ भने दोस्रो लेग मार्च १५ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here