म्याच डे प्रिभ्यूः के बार्साले आज एनोइटामा सन् २००७ देखिको रेकर्ड तोड्ला ?

पुस ३० । बार्सिलोनाले स्पेनिस लिग ला लिगा अन्तर्गत सोमबार बिहान नेपाली समयअुनसार १ः३० मा रियल सोसिडाडसँग लिगको १९ औं खेल खेल्दैछ । बार्सिलोनाले अवे म्याच अनतर्गत सोसिडाडको घरेलु मैदान एनोइटामा खेल खेल्न लागेको हो ।

एनोइटामा बार्सासँग रियल सोसिडाडको अन्त्यान्त राम्रो रेकर्ड छ । बार्सिलोनाले सन् २००७ देखि अर्थात, फ्राङक राईकार्डको अन्तिम सिजनदेखि पेप ग्वार्डिवला, टिटो भिलानोभा, टाटा मार्टिनो, लुईस इन्रिके कसैले पनि जित दर्ता गर्न सकेका छैनन् ।

लिगको शिर्ष स्थानमा रहेको बार्सिलोना यस सिजन २८ खेल (सबै खेलं मा अपराजित रहेको छ । रियल सोसिडाडको प्रदर्शन खासै राम्रो छैन । लिगमा १८ खेल खेलेको सोसिडाडले जम्मा ६ खेलमा जित, ५ मा बराबरी तथा ७ मा हार व्यहोरेको छ । २३ अंक मात्रै जोडेको सोसिडाड लिगको १३ औं स्थानमा छ ।

क्लबको पछिल्लो अवस्था

रियल सोसिडाड

रियल सोसिडाडले पछिल्लो पाँच खेलमध्ये १ मा मात्रै जित दर्ता गरेको छ । सोसिडाडले डिसेम्बर ८ मा जेनिटसँग यूरोपा लिगमा ३–१ को हार, डिसेम्बर १० मा मालागासँग ला लिगमा २–० को हार, यस वर्षको जनावरी ७ मा लेगानेसँग १–० को हार व्यहोरेको छ । त्यस्तै, एथ्लेटिसँग ला लिगामा १–१ को बराबरी खेलेको छ । सोसिडाडले सेभियालाई डिसेम्बर २१ मा ३–१ गोलले ला लिगामा हराएको छ ।

बार्सिलोना

यस सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोनाले कुनै पनि हार व्यहोरेको छैन ।

पछिल्लो पाँच खेलमा बार्सिलोना ४ खेलमा जित तथा १ मा बराबरी खेलेको छ । गत वर्षको डिसेम्बर १८ मा भिर्पोटिभोलाई ४–० ले ला लिगमा, डिसेम्बर २३ मा रिय मड्रिडलाई ३–० ले ला लिगामा, जनावरी ७ मा लेभान्टेलाई ३–० ले ला लिगमा तथा जनावरी १२ मा सेल्टा भिगोलार्ई ५–० ले कोपा डेल रेमा हराएको बार्सिलोनाले जनावरी ४ मा सेल्टासँग कोपा डेल रे मा १–१ को बराबरी खेलेको थियो ।

 

 

हेड टु हेड

सन् २०१७ अप्रिल १६ बार्सिलोना ३–२ रियल सोसिडाड
सन् २०१७ जनावरी २७ बार्सिलोना ५–२ रियल सोसिडाड
सन् २०१७ जनावरी २० रियल सोसिडाड ०–१ बार्सिलोना
सन् २०१६ डिसेम्बर २८ रियल सोसिडाड १–१ बार्सिलोना
सन् २०१६ अप्रिल ४ रियल सोसिडाड १–० बार्सिलोना

बार्सा र रियल सोसिडाडको पछिल्लो खेललाई हेर्ने हो भने एनोइटामा बार्साले राम्रो खेल खेलेको छैन ।

रियल सोसिडाडका प्रशिक्षकः यूसेबियो मेना

बार्सिलोनाका पूर्व खेलाडी तथा बार्सा बीका प्रशिक्षक

यूसेबियो मेना बार्सिलोनाका पूर्व खेलाडी हुन् । बार्सिलोनालाई योहान क्रुफले सम्हालिरहँदा यूसेबियो क्रुफको मुख्य हतियार थिए । सन् १९८८ देखि १९९५ सम्म यूसेबियोले बार्साको मिडफिल्ड सम्हाले । उनले बार्साको जर्सीमा २०३ खेल खेलेर १४ गोल पनि गर्न भ्याए ।

त्यस्तै उनी सन् २००३ देखि २००८ सम्म राइकार्डको अन्डरमा रहेर बार्सिलोनाको सहायक व्यवस्थापकको काम पनि गरे । सन् २००९ मा सेल्टा गएका उनी एक वर्षपछि बार्सिलोना बी सम्हाल्न आए । उनले सन् २०११ देखि २०१५ सम्म बार्सिलोना बी सम्हाले त्यस समयमा बार्सा बी अत्यान्त फर्ममा रहेको थियो । उनले सन् २०१५ देखि रियल सोसिडाड सम्हाल्दै आएका छन् ।

यूसेबियोको सम्बन्ध बार्सा बोर्डसँग नजिकको रहेको छ । लुईस इर्रिकेले बार्सा छोडेपछि यूसेबियो पनि बार्साको प्रशिक्षक बन्ने होडमा थिए । अर्नेष्टो भालभर्डेपछि यूसेबियो नै बार्साका प्रशिक्षक हुने सम्भावना प्रवल छ ।

यूसेबियोको खेल रणनीति रोक्नको लागि बार्सिलोना तयार गरेको छ । बार्सिलोनाले आज मुख्य खेलाडीहरुलाई मैदानमा उर्तानेछ । आजको खेलमा उम्टीटी तथा कोउटिन्हो भने चोटको कारणले मैदानमा हुनेछैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here