रियल मड्रिडको हार, बार्सालाई १९ अंकको अग्रता बनाउने अवसर

पुस ३० । शनिबार राति सम्पन्न स्पेनिस लिग ला लिगामा रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा हार व्यहोरेको छ । मड्रिडलाई भिलारियलले १–० गोलले हराएको हो । भिलारियलको लागि खेलको नियमित समय सकिन मात्र ३ मिनेट बाँकी रहँदा पाब्लो फोर्नाल्सले गोल गरेका हुन् ।

हारसँगै रियलमड्रिडले १८ खेलबाट जम्मा ३२ अंक सहित लिगको चौथो स्थानमा छ । उता जितसँगै भिलारियल भने लिगको पाँचौं स्थानमा उक्लेको छ । लिगमा मड्रिडको यो चौथो हार हो ।

गएराति नै सम्पन्न लिगमा एथ्लेटिको मड्रिडले आइबारलाई १–० गोलले हराएको छ । एथ्लेटिको मड्रिडको लागि खेलको २७ औं मिनेटमा केभिन गेमिरोले गोल हानेका हुन् । अर्को खेलमा भ्यालेन्सियाले डिर्पोटिभोलाई २–१ गोलले हराएर लिगको तेस्रो स्थानमा उक्लेको छ । त्यस्तै, जिरोनाले लास पाल्मासमाथि ६–० को जित निकालेको छ ।

बार्सिलोनाले आज राति रियल सोसिडाडसँग खेल खेल्दैछ । आजको खेलबाट ३ अंक जोडेमा बार्सिलोनाले रियलसँगको अंक अग्रता १९ बनाउनेछ ।

अंक तालिका,

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here