ला मासिया ग्य्राजुयट इनियष्टा र मेसीबीचको सम्बन्ध कस्तो ?

पुस २९ । बार्सिलोनाको फुटबल एकेडेमीका ग्य्राजुयट कप्तान आन्द्रेज इनियष्टा र उपकप्तान लियोनल मेसीबीच कस्तो सम्बन्ध छ ? यो प्रश्नको उत्तर सबैलाई थाहा भएकै कुरा हो ।

विगत १ दशकभन्दा लामो समयदेखि एउटै टिम बार्सिलोनाबाट खेल्दै आएकामध्येका एक कप्तान इनियष्टाले अभिव्यक्ति दिएका छन् । स्पेनिस पत्रिका ‘मार्सा’लाई दिएको अन्तर्वार्तामा इनियष्टाले ‘हाम्रो सम्बन्धको बारेमा मैले केही भनिराख्नुपर्छ र ?’ भनेर उत्तर दिए । तर, प्रश्न सोध्नेले अझै जिज्ञासु बन्दै अझै प्रश्ट बनाउन आग्र्रह गरे । अनि इनियष्टाले बेलिबिस्तार लगाउन थाले ‘मैले मेसीलाई नजिकबाट बुझेको छ, मैले मात्रै होइन उनले पनि मलाई बुझेका छन् । कोही नभए पनि आफूहरुले एकअर्काका कुरा बुझ्न र मनका कुरा थाहा पाउन सक्ने दाबी गरे ।’

‘हामी केही नबोल्दै एक आर्कलाई बुझ्छौं, खेल जीवनको सबै समय एकै क्लबबाट खेलेका छौं ।’ उनले भने हामी एक अर्कालाई राम्रोसँग बुझ्छौं । मेसीको मुभ कस्तो हुन्छ भन्ने हामीलाई थाहा छ । त्यसैले नहेरी कुन बेला मैदानको कुन भागमा छन् भन्ने थाहा पाउँछु ।’

आन्द्रेज इनियष्टा

नम्र स्वाभावका मिडफिल्डर इनियष्टा ३३ वर्षका भए । उनी बार्सिलोनाको युथ टिममा सन् १९९६ देखि २००१ सम्म रहेका थिए । त्यसपउि उनले बार्सिलोना बी मा स्थान बनाए । बी बाट खेल्दाखेल्दै उनी ए टिमको छनोटमा पनी पर्न थाले । सन् २००२ बाट हालसम्म उनी निरन्तर बार्सिलोनाबाट खेल्दै आएका छन् ।

लियोनल मेसी

विश्वका उत्कृष्ट फुटबलर मेसी ३० वर्षका भए । पाँच पटक फिफा वर्ष खेलाडी भइसकेका मेसी सन् २००१ मा बार्सिलोना आएका हुन् । सानैदेखि प्रभावशाली खेल पस्कने उनी सन् २००३ देखि २००४ सम्म बार्सिलोना सीमा, २००४ देखि २००५ सम्म बार्सिलोना बीमा तथा सन् २००४ देखि हालसम्म बार्सिलोनाको सिनियर टिमबाट खेलिरहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here