मेसीलाई भित्र्याउन मड्रिडले २५० मिलियन तिर्न तयार भएको खुलासा

पुस २९ । रियल मड्रिडले टोटनहमबाट ग्यारेथबेला भित्र्याउनुपूर्व स्टार खेलाडी लियोनल मेसीलाई क्लबमा आबद्ध गराउन २५० मिलियन यूरो तिर्न तयार भएको खुलासा भएको छ ।

सन् २०१३ मा ग्यारेथ बेलभन्दा मेसीलाई नै बार्सिलोनाबाट तान्न मड्रिडले सो रकम तिर्न तयार भएको खबर स्पेनिस मिडिया मार्साले प्रकाशित गरेको हो ।

मड्रिडले मेसीलाई भित्र्याउनको लागि एक अर्जेन्टिनाका वकिलको प्रयोग गरी मेसीका एजेन्ट तथा बुबा जर्ज मेसी समक्ष पुर्याउने कोशिस गरेका थिए । मड्रिडको उक्त प्रयास सफल भएको भए सोही समयमा मेसी ट्रान्सफर विन्डोको विश्वकै सबैभन्दा महँगो हुने थियो । साथै मड्रिडले मेसीलाई सन् २०२१ सम्मको लागि २३ मिलियन यूरो दिने तयारी गरेका थिए ।

खुलासा भएको समाचार अनुसार उक्त कुराको बैठक मेसीका वकिल र मड्रिडका अध्यक्ष फ्लोरेन्टिन्हो पेरेजले प्राइभेट जेटमा गरेका थिए । पेरेजको साथमा रियल मड्रिडका वकिल मिगुयल पार्डेजा पनि सहभागी थिए ।

तर, मड्रिडले मेसीलाई ल्याउने हल्ला मात्र भएको भनेर सो समयमा बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here