सेल्टाबिरुद्धको खेलमा दुई ‘लिटल म्यान’ मेसी र अल्बाको जादु

पुस २८ । बार्सिलोना यस सिजन उच्च फर्ममा रहेको छ । प्रि–सिजनका केही खेलमा हार व्यहोरेको बार्सिलोनाले सिजन शुरु भएयता कुनै पनि खेल हारेको छैन । प्रशिक्षक अर्नेष्टो भालभर्डेलाई शुरुका दिनमा धेरै बार्सा समर्थकहरुले ‘यिनले बार्सालाई उँभो लगाउलान् ?’ भनेर विश्वास गरेका थिएनन् । तर, बार्सिलोनाले आधा सिजनको हाराहारी आउँदा कुनै पनि खेल गुमाएको छैन ।

यस सिजन बार्सिलोनामा मेसी मात्रै होइनन् जोर्डी अल्बा पनि उच्च फर्ममा रहेका छन् । ‘बाँयाबाट रक्षापंत्ति सम्हाल्ने उनले आधा दर्जनभन्दा बढी गोल एसिस्ट गरिसकेका छन् । बार्सिलोनाले दाँया रक्षापंत्तिबाट खेल्ने ब्राजिलियन ड्यानी आल्भेजलाई गएको सिजन खुबै ‘मिस’ गरे उनले खेल्ने शैलीले धेरै बिपक्षीलाई तनाबमा पार्दथ्यो । तर, ड्यानीजस्तै उच्च फर्ममा रहेर जोर्डी अल्बाले बाँयातर्फ लाइनलाई कर्नर फ्ल्यागसम्मा च्यापेका छन् । उच्च पेस भएका अल्बाको जोडी मुख्यत मेसीसँग खुब जमेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा पनि मेसी र अल्बा खुबै चम्किए ।

  • पहिलो हाफमा १२ मिनेट १६ सेकेन्ड जाँदा कप्तान इनियष्टाले जोर्डी अल्बालाई पास दिए । अल्बाले हावामै रहेको बललाई अल्बाले मेसी कुदिरहेको स्थान पहिचान गरि पास उपलब्ध गराइदिए । स्वारेजले उक्त बल भेट्ने भए पनि मेसीलाई छोडिदिए । मेसीले डिबक्सभन्दा थोरै भित्र रही बललाई देब्रे च्यापेर हाने उक्त बलले जाली चुम्यो ।
  •  स्टपवाचमा १४ मिनेट १७ सेकन्ड भइरहेको थियो । बार्सिलोनाले दायाँ साइडबाट बल खेलीरहेको थियो । आन्द्रे गोमेजले बल पाए । सो बल मेसीलाई दिए । मेसीले झण्डै मध्यभागमा रहेको जोर्डी अल्बालाई बल खेलाउँदै कुरे । अल्बा पेस बढाउँदै डिबक्स भित्र छिरे मेसीले सो बल उनलाई दिए । अल्बाले वान् टच पास खेल्दै मेसीलाई बल फर्ता गरिदिए । मेसीले उक्त बललाई पनि गोलमा परिणत गरिदिए । दर्शक बनेर खेल हेरिरहेका बार्सिलोनाका नयाँ खेलाडी फिलिप कोउटिन्हो राफिन्हासँग गफिँदै ताली बजाए ।
  • खेलमा २७ मिनेट १३ सेकेन्ड चलिरहेको थियो । शुक्रबारको खेलमा दायाँ अग्रपंत्तिबाट खेलेका गोमेजको खुट्टामा बल पर्यो । उनले सो बल मेसीलाई दिए । झण्डै मध्यभागमा रहेका मेसीले जोर्डी अल्बाले देब्रे भागबाट पेस बढाउँदै गरेको देखे । अल्बालाई अझै कुद्न दिए । अल्बा पेनाल्टी स्पट नजिक आइपुग्दा उनको खुट्टैमा बल पर्यो गोलकिपरलाई बिट गर्दै बललाई जाली चुमाइदिए ।

शुक्रबारकै खेलबाट जोडी अल्बा र मेसीले १० मध्ये ९ रेटिङ पाए । उक्त खेलमा स्वारेज तथा इभान राकेटिचले पनि गोल गरे ।

याे पनि पढ्नुहाेस्

बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश, सेल्टामाथि ठूलो जित

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here