बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश, सेल्टामाथि ठूलो जित

पुस २८ । शुक्रबार बिहान सम्पन्न स्पेनिस कप कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेल्टा भिगोलाई ५–० गोलले हराएको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेसीले (१३, १५ मिनेटमा) २ गोल, जोर्डी अल्बाले (२८ मिनेटमा) लुईस स्वारेजले (३१ मिनेटमा) तथा इभान राकेटिचले (८७ मिनेटमा) गोल गरेको हो । उक्त जिसँगै बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोना ६–१ ठूलो जित निकाल्दै अर्को चरण प्रवेश गरेको हो ।

गतहप्ता सेल्टाको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा यी दुई टिमले १–१ को बराबरी खेलेको थियो । उक्त खेलमा बार्सिलोनाले मुख्य खेलाडीहरुलाई आराम दिएको थियो । तर, शुक्रबार बिहानको खेलमा बार्सिलोनाले मुख्य खेलाडीहरुलाई मैदानमा उतारेको थियो ।

लाइनअप

स्ट्याट

रेटिङ, मिररबाट

ज्यास्पर सिलेसन ६
नेल्सन सेमेडो ७
जाभियर मास्चेरानो ६
जोर्डी अल्बा ९
सर्जियो बुस्केट ८
इभान राकेटिच ७
आन्द्रे गोमेज ७
आन्द्रेज इनियष्टा ७
लियोनल मेसी ९
लुईस स्वारेज ७
थोमास भर्मालिन ६
जोसे आर्नाइज ६

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here