बार्सिलोनाले कोपा डेल रेको क्वार्टरफाइनल इस्प्यानियोल पायो प्रतिद्धन्दी

पुस २८ । बार्सिलोनाले स्पेनिस किङ्स कप (कोपा डेल रे) को क्वाटरफाइनलमा मा घरेलु प्रतिद्धन्दी इस्प्यानियोको सामना गर्नुपर्ने भएको छ । अन्तिम १६ मा सेल्टा भिगोलाई ६–१ समग्र गोल अन्तरले हराएको बार्सिलोनाले शुक्रबार नेपाली समयअनुसार अपरान्ह भएको क्वाटरफाइनलमा इस्प्यानियोल पाएको हो ।

बार्सिलोनाले इस्प्यानियोललाई कोपा डेल रे को अन्तिम ९ खेलमा पराजित गरेको छ । इस्प्यानियोलले अन्तिम १६ को खेलमा लेभान्टेलाई समग्रमा ३–२ गोलले पराजित गरेको हो ।

शुक्रबार नै भएको ड्रमा रियल मड्रिडले लेगानेस प्रतिद्धन्दी पाएको छ । त्यस्तै, आलाभेजले भ्यालेन्सिया तथा एथ्लेटिको मड्रिडले सेभियासँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here