‘नेयमारले क्लब छोडेपछि म मात्रै होइन सबैले उत्कृष्ट खेल खेल्दैछन्’

पुस २८ । बार्सिलोनाका लेफ्ट डिफेन्डर जोर्डी अल्बाले नेयमारले क्लब छोडेपछि बार्सिलोना अझै उच्च फर्ममा रहेको बताएका छन् । नेयमार पीएसजी गएपछि बार्सिलोनाले कुनै पनि खेल हारेको छैन । २८ खेलमा अपराजित रहँदै अपराजित यात्रा कायम राखेका छन् ।

शुक्रबार बिहान सम्पन्न सेल्टाभिगोसँगको खेलमा उच्च प्रदर्शन गरेपछि अल्बाले सञ्चारमाध्यामसँग कुरा गर्दै बार्सिलोना यो सिजन उच्च फर्ममा रहेको बताएका छन् । नेयमार गएपछि झनै बार्सिलोना कडा रुपमा प्रस्तुत भएको उनको भनाई थियो । उनले आफूमात्रै होइन क्लबका सबै खेलाडीले राम्रो खेलिरहेको छ उनले भने ।

अल्बाले आफू क्यारिअरकै उच्च फर्मममा रहेको बताएका छन् । साथै यो सिजन आफुमा निकै आत्मविश्वास बढेको कुरा गरेका छन् ।

प्रशिक्षक भालभर्डेले पनि मेसी र अल्बाको जोडी यो सिजन खुबै जमेको बताएका छन् । एउटाले बल उपलब्ध गराउने र अर्कोले जाली चुमाउन यो जोडी सफल रहेको उनको भनाई छ ।

शुक्रबार बिहानको खेलमा अल्बाले मेसीलाई दुईवटा एसिस्ट प्रदान गरेका थिए भने मेसीकै पासमा गोल पनि गरेका थिए ।
अल्बाले यस सिजन ८ वटा एसिस्ट प्रदान गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here