बार्सिलोनाले भित्र्यायो कोलम्बियन सेन्टर डिफेन्डर

पुस २७ । बार्सिलोनाले विन्टर ट्रान्सफर विन्डोमा पुनः नयाँ खेलाडी भित्र्याएको छ । कोलम्बियन खेलाडी यरी मिनालाई बार्साले ११.८ मिलियन यूरोमा भित्र्याएको हो । पाँच वर्षे सम्झौता गरेको मिनाको बाईआउट क्लज १०० मिलियन तोकिएको छ ।

यसअघि बार्साले मंगलबार नै मिनालाई भित्र्याउने भने पनि प्राविधिक कारण देखाउँदै बिहीबारको लागि मिति तय भएको हो । मिना बिहीबार नै बार्सिलोना आइसकेका छन् । कोपा डेल रेमा सेल्टासँग हुने दोस्रो लेगमा मिना उपस्थित हुनेछैनन् ।
क्लबले उनलाई शुक्रबार वा शनिबार सार्वजनिक गर्नेछ ।

मिना कोलम्बियाको राष्ट्रिय टिमका खेलाडी हुन् । उनी पेल्मिरासबाट व्यवसायीक फुटबल खेल्दै आएका थिए । २६ वर्षिय मिना सेन्टर डिफेन्डर हुन् । उनी क्लबमा आएसँगै जाभियर मास्चेरानोले बार्सिलोनामै बस्ने सम्भावना निकै न्यून भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here