सेल्टाको चुनौती पन्छाउन अाज मुख्य खेलाडी उतार्दै बार्सा

पुस २७ । बार्सिलोनाले नेपाली समय अनुसार शुक्रबार बिहान २ः१५ मा सेल्टा भिगोसँग घरेलु मैदानमा खेल खेल्दैछ । बार्सिलोनाले क्वार्टरफाइलमा स्थान बनाउनको लागि खेल खेल्न लागेको हो ।

स्पेनिस कप कोपा डेल रे अन्तर्गतको दोस्रो लेगमा बार्सिलोनाले मुख्य खेलाडीहरु मैदानमा उतार्ने भएको छ । गत बिहिबार राति सम्पन्न पहिलो लेगमा बार्सिलोना मुख्य खेलाडीहरुबीना उत्रिएको थियो । सेल्टाको घरेलु मैदानमा खेलेको उक्त खेलमा बार्सिलोनाले सेल्टासँग १–१ को बराबरी खेलेको थियो । उक्त खेलबाट बार्सिलोनाले ‘अवे एड्भान्टेज’ पाएको छ ।

तर, सेल्टा कठिन टिम भएको कारणले घरेलु मैदान भए पनि मुख्य खेलाडीहरुलाई प्रशिक्षक अर्नेष्टो भालभर्डे मैदानमा उतार्न लागेका हुन् । यसमा मेसी, स्वारेज, इनियष्टा लगायतका खेलाडीहरु छन् ।

सेल्टासँग खेल्ने खेलाडीहरुको सूची

प्राविधिक कारण देखाउँदै ड्यौलौफ्यू, राफिन्हा, डेनिस स्वारेज र एलेक्स भिडाल मैदान बाहिर रहने भएका छन् । त्यस्तै, स्यामुअल युम्टीटी, पाको अल्कासर, आर्दा टुरान तथा कोउटिन्हो चोटको कारण मैदान बाहिर रहनेछन् ।

सेल्टासँगको खेलको लागि भालभर्डेले बार्सा ‘बी’ बाट दुई खेलाडीहरुलाई ल्याएका छन् ती खेलाडीहरुमा गत साता गोल गर्ने जोसे आर्नाइज र कार्लोस एलेना रहेका छन् ।

बार्साको चुनौती सेल्टाका प्रशिक्षकः

सन् २०१४ देखि २०१७ सम्म बार्सिलोनाका सहायक व्यवस्थापक रहेका जुआन कार्लोसलाई बार्सिलोनाको बारेमा धेरै कुरा थाहा छ । यस अघि पनि सन् २०१३ मा सेल्टाकै सहायक व्यवस्थापक रहेका उनले बार्सिलोनाबाट धेरै कुरा सिकेर गए ।

सोही अनुरुप उनले अबको खेलमा बार्सिलोनालाई रोक्न उचित रणनीति बनाउने छन् । सेल्टा आफैमा कठिन टिम त्यहीमाथी जुआन कार्लोस यस खेलमा मुख्य खेलाडी उतारेपनि बार्सिलोनालाई जित निकाल्न त्यती सहज हुनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here