यी हुन् बार्सिलोनाबाट सर्वाधिक पारिश्रमिक लिने खेलाडीहरु

पुस २७ । बार्सिलोनामा विश्व प्रख्यात खेलाडीहरु रहेका छन् । ति स्टार खेलाडीहरुलाई बार्सिलोनाले हप्ताको राम्रो मूल्य तिरेर राखेको छ । बार्सिलोनामा रहेका खेलाडीहरुलाई अन्य क्लबले ठूलो पारिश्रमिक दिन्छु भन्दा पनि खेलाडीहरु जान मानेका छैनन् । यस अर्थमा थोरै पारिश्रमिकमा पनि बार्सिलोनामा खेलाडीहरु खुसीसाथ बसेका छन् ।

यहाँ हामीले केही बार्सिलोनाका खेलाडीहरुको पारिश्रमिकको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

लियोनल मेसी

धेरै फुटबल प्रेमीहरुले मेसीलाई ‘गोट’ अर्थात ग्रेटेस्ट अफ अल टाइम भन्छन् । सन् २०२१ सम्म बार्सिलोनासँग सम्झैता गरेका मेसीले हप्ताको ५ लाख पाउण्ड पारिश्रमिक पाउँछन् । साथै उनले खेल खेलेको आधारमा बोनश पनि हाता पार्छन् ।

लुइस स्वारेज

बार्सिलोनाबाट सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा लिभरपुलबाट बार्सिलोना आएका लुइस स्वारेज परेका छन् । २०१४/१५ को सिजनमा ५ वर्षे सम्झौता गरेका स्वारेजको हप्ताको पारिश्रमिक २ लाख ९० हजार पाउण्ड रहेको छ ।

फिलिप कोउटिन्हो

यसै साता लिभरपुलबाट बार्सिलोना आएका फिलिप कोउटिन्होले बार्साबाट मोटो रकम पाउँछन् । ५ वर्षे सम्झौता गरेका उनले हप्ताको २ लाख ४० हजार पाउण्ड पाउँछन् ।

ओस्माने डेम्बेले

यसै सिजन बर्डमण्डबाट आफ्नो सपनाको क्लब डर्टमण्ड आएका ओस्माने डेम्बेलेले पनि मोटो रकम लिन्छन् । २० वर्षकै कलिलो उमेरमा उनले हप्तामा २ लाख २० हजार पाउण्ड पाउँछन् । उनले बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका हुन् ।

सर्जियो बुस्केट्स

बार्सिलोनाका डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्केट ला मासियाका उत्पादन हुन् । सन् २०१६ मा २०२१ सम्म बस्ने सम्झौता गरेका उनले हप्ताको १ लाख ८० हजार पाउण्ड पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here