एकैसाथ बार्सिलोनाको ७ खेलाडी क्लब छोड्ने मुडमा

पुस २६ । बार्सिलोनाले यस सिजन केही प्रभावशाली खेलाडीहरुलाई क्लबमा भित्र्याएपछि क्लबका ७ जना खेलाडीहरुले भने बाटो तताउने सोच बनाएका छन् । उसैत बार्सिलोनाबाट नियमित रुपमा खेल्न नपाउने त्यही माथि पनि क्लबले मोटो रकम खर्चेर स्टार खेलाडीहरु भित्र्याएपछि उनीहरु ट्रेनिङमै सिमित हुने र फुटबल करियर नै डामोडोल हुने डरले क्लब छोड्न लागेका हुन् ।

यसरी क्लब छोड्ने मनस्थिति बनाउने खेलाडीहरुमा जाभियर मास्चेरानो, आर्दा टुरान, आन्द्रे गोमेज, ड्यौलोफ्यु, डेनिस स्वारेज, एलेक्सिस भिडाल र राफिन्हा रहेका छन् ।

यी खेलाडीहरुले बोर्डलाई क्लब छोड्न लागेको जानकारी पनि दिइसकेका छन् । यहाँ हामीले खेलाडीहरु सहित जान लागेको क्लबको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

आर्दा टुरान

एथ्लेटिको मड्रिडमा ४ वर्ष खेलेका टर्किस आर्दा टुरान सन् २०१५ मा बार्सिलोनालाई फिफाले ट्रान्सफर ब्याण्ड गर्दा पनि उनी क्लबमा आएका थिए । उनले ६ महिना मैदान बाहिरै बिताउनु पर्यो । उनले बार्सिलोनाबाट जम्मा ३६ खेल मात्रै खेल्न भ्याए । ५ गोलको योगदान पनि गरे । अट्याकिङ मिडफिल्डर आर्दाले बार्साबाट थोरै मात्र खेल खेल्न पाएपछि उनी टर्कीकै क्लब बासाक्शेयर जाने मनस्थितिमा छन् ।

आन्द्रे गोमेज

पोर्चुगिज आन्द्रे गोमेज भ्यालेन्सियाबाट सन् २०१६ मा बार्सिलोना आएका हुन् । फ्यानहरुले खासै नरुचाए पनि गोमेल प्रशिक्षक अर्नेष्टो भालभर्डेको रोजाइमा पर्ने गरेका छन् । मिडफिल्डर गोमेजले बार्सिलोनाबाट आर्दा टुरानलेभन्दा बढी खेल खेल्न पाएका छन् । उनले हालसम्म ३९ खेल बार्साबाट खेलेका छन् । खेलमा उनको ३ गोलको योगदान छ । उनले क्लब छोड्न चाहेको कुरा छ । तर, कहाँ जाने भन्ने योजनामा छैनन् तै पनि टोटनहमका प्रशिक्षक मौरिसियो पोचेटिन्होले उनलाई बोलाएको खबर सार्वजनिक भएको छ ।

जेरार्ड ड्यौलोफ्यु

स्पेनिस खेलाडी ड्यौलोफ्यु बार्सिलोनाकै एकेडेमीबाट आएका हुन् । एभर्टनले एसी मिलनमा लोनमा पठाएको उनलाई बार्सिलोनाले ल्याएको हो । फरवार्ड ड्यौलोफ्युले जम्मा ९ खेल खेल्न पाएका छन् जसमा १ गोलको योगदान रहेको छ । उनी नापोली वा इन्टर मिलान जाने सोचमा रहेका छन् ।

डेनिस स्वारेज

मिडफिल्डर डेनिस स्वारेजको खेल धेरै बार्सा समर्थकलाई मनपर्छ तर, उनी पनि क्लब छोड्ने सोचमा छन् । भिलारियलबाट सन् २०१६ मा बार्सा आएका उनले ३६ खेल खेलेका छन् । ३ गोलको योगदान पनि गरेका छन् । उनी नापोली जाने मनस्थितिमा छन् ।

एलेक्सिस भिडाल

आर्दा टुरानसँगै ट्रान्सफर ब्याडमा आएका भिडाल राइट ब्याक हुन् । उनी सेभियाबाट सन् २०१४÷१५ को सिजमा आएका हुन् । चोटका कारण उनी लामो समय मैदान बस्नुपर्यो । तर निको भइसकेपछि पनि कम खेल्न पाए । उनले जम्मा २५ खेल खेले र ३ गोलको योगदान गरे । उनी पुनः सेभिया जाने सोचमा छन् ।

राफिन्हा

ब्राजिलियन राफिन्हा सन् २०१३/१४ को सिजनमा सेल्टा भिगोबाट आएका हुन् । उनले कमै मात्र खेल खेल्न पाएका छन् । लामो समयदेखि क्लबमा रहेका उनले जम्मा ४८ खेल खेले र ८ गोलको योगदान पनि गरे । उनी पुनः सेल्टा भिगो जाने सोचमा छन् ।

जाभियर मास्चेरानो

३ वर्ष लिभरपुलमा बिताएका जाभियर मास्चेरानोलाई बार्सिलोनाले सन् २०१० मा भित्र्याएको हो । बार्सिलोनाबाट २०३ खेले खेलेका उनी सेन्टर डिफेन्डर हुन् । उनको जोडी कार्लोस पुयोल तथा जेरार्ड पिकेसँग खुबै जम्यो । उनी बार्सिलोनाका इमान्दार खेलाडी हुन् । तर, बार्सिलोनाले अन्य क्लबहरुबाट खेलाडी भित्र्याइरहेको कारणले बेला उनी बेन्चमा बस्नु परेको छ । सोही कारणले उनी चिनिया क्लब हेबेई फच्र्युयन जाने सोचमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here