यी हुन् क्याम्प नाउ र एनफिल्ड दुबैको प्रतिनिधित्व गर्न पाएका ८ खेलाडी

पुस २६ । बार्सिलोनाले पछिल्लो केही वर्षयता एनफिल्डमा जमेका केही खेलाडीहरुलाई क्याम्प नाउमा भित्र्याएको छ । तर, बार्सिलोनाका खेलाडीहरु पनि एनफिल्डमा गएका छन् । यसअर्थमा हालसम्म क्याम्प नाउ तथा एनफिल्ड दुबै मैदानबाट खेल्ने खेलाडीहरुको संख्या ८ पुगेको छ । सो खेलाडीमध्ये ५ खेलाडी क्याम्पनाउबाट प्रतक्ष वा अप्रतक्ष रुपमा एनफिल्ड पुगेका हुन् भने ३ खेलाडी एनफिल्डबाट प्रतक्ष रुपमा क्याम्प नाउ आएका हुन् ।

सन् १९९८ देखि ९९ सम्म बार्सिलोनाबाट खेलेका खेलाडी मौरिसियो पेलेग्रिनोले पनि एनफिल्डबाट खेल खेलेका छन् । उनी सन् २००५ मा अप्रतक्ष रुपमा लिभरपुल गएका हुन् ।

त्यस्तै, सन् १९९८ देखि २००१ सम्मा बार्सिलोनाबाट खेलेका खेलाडी जेन्डेन पनि सन् अप्रतक्ष रुपमा लिभरपुल गएका हुन् । उनी लिभरपुलको जर्सीमा सन् २००५ देखि २००७ सम्म मैदानमा उत्रेका थिए ।

त्यस्तै, जारी लिट्म्यानेन पनि बार्सिलोनाबाट लिभरपुल गए । उनी सन् १९९९ देखि २००१ सम्म बार्सिलोनाका खेलाडी थिए । तर, २००१ देखि २००२ सम्म प्रतक्ष रुपमा एनफिल्ड गएका हुन् ।

बार्सिलोनाका एक महत्वपूर्ण खेलाडी पेपे रैना पनि लिभरपुलको जर्सीबाट मैदान उत्रेका छन् । उनी सन् २००२ मा बार्सिलोना आएका थिए उनले २ सिजन बार्सिलोनामा बिताए । तर, सन् २००५ देखि २०१३ सम्म लिभरपुलबाट खेले ।

लुइस गार्सीयाले बार्सिलोनामा १ सिजन बिताए । त्यसपछि उनले लिभरपुलमा सन् २००४ देखि २००७ सम्म खेले ।

पछिल्लो समय बार्सिलोनाले लिभरपुलबाट राम्रा खेलाडी ल्याएका छन् । त्यसैमध्येको एक हो जाभियर मास्चेरानो उनी सन् २००७ बाट २०१० सम्म लिभरपुलको जर्सीमा उत्रेका थिए । तर उनलाई बार्सिलोनाले सन् २०१० मा किनेको हो ।

त्यस्तै, बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेज पनि एनफिल्डबाटै आएका हुन् । उनी सन् २०११ देखि २०१४ सम्म लिभरपुलमा थिए । त्यसपछि उनी बार्सिलोना आएका हुन् ।

फिलिप कोउटिन्हो पछिल्लो खेलाडी हुन् जसले बार्सिलोनासँग शनिबारमात्रै ५ वर्षे सम्झौता गरेका छन् । उनी सन् २०१३ मा इस्यानियोलबाट लिभरपुल गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here