रिभाल्डोको दाबीः कोउटिन्होसँग मेसीको छायाँमा पनि प्रभाव देखाउने क्षमता छ

पुस २६ । ब्राजिलियन खेलाडी रिभाल्डोले स्टार खेलाडी लियानल मेसीको ठाउँ लिभरपुलबाट बार्सिलोना आएका फिलिप कोन्टिन्होले लिने दाबी गरेका छन् ।

बार्सिलोनामा सन् १९९७ देखि २००२ सम्ममा १९७ खेल खेलेका रिभाल्डोले मंगलबार संचारकर्मीहरुसँग कुरा गर्दै भने ‘हामी सबैलाई थाहा छ मेसी सबैभन्द ठूला स्टार हुन् । उनी अझै तीन वा चार वर्ष उच्च स्थानमा रहन सक्छन् । तर, कोउटिन्होमा मेसीको छायामा रहेर पनि आफ्नो प्रभाव राख्ने क्षमता छ ।’

बार्सिलोनाकै इतिहासमा कोउटिन्हो महँगो खेलाडी भएकोले उनको काँधमा ठूलो जिम्मेवारी रहेको र क्लबले पनि क्षमता देखेर नै बढी रकम खर्चिएको रिभाल्डोको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here