‘बार्सा मेरो सपनाको क्लब हो’ पत्रकार सम्मेलनमा कोउटिन्होले गरेको १६ कुरा

पुस २४ । शनिबार बार्सिलोनासँग सम्झौता गरेका ब्राजिलियन खेलाडी फिलिप कोउटिन्हो पहिलो पटक बार्सिलोनाको खेलाडीको रुपमा पत्रकार सम्मेलनमा प्रस्तुत भएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै उनले बार्सिलोनासँग सम्झौता गरेको कुरामा अझै विश्वास नलागेको कुरा गरेका छन् ।

आफ्नो सम्झौतामा धेरै जनाको हात रहेको भन्दै सबैलाई धन्यवाद दिएका छन् । ‘बार्सा आफ्नो सपनाको क्लब भएको यसको लागि क्लबले पनि निकै कडा मेहनत गरेको छ यसको म सराहना गर्छु ।’

अन्य के–के कुरा गरे ?

  • म यहाँ आउन पाएकोमा भगवान् लाई, तथा परिवार आफन्तजनलाई धन्यवाद दिन चाहन्छु । मेरो मेरो पूर्व क्लबलाई पनि धन्यवाद दिन चाहन्छु ।
  • मैले लेभान्टेसँगको खेल हेरें त्यसपछि मैले केही खेलाडीहरुलाई भेटें, उनीहरुले मलाई ट्रेनिङ गर्ने मैदान देखाए । म बार्साबाट खेल खेल्न आतुर छु ।
  • मेसीसँग खेल खेल्न पाउनु मेरो लागी सौभाग्य हो ।
  • म आएर नेयमारको स्थान लिन्छु भन्ने छैन । नेयमार र म खेल्ने स्थान फरक छ । म यहाँ कसैको ठाउँ पुरा गर्न आएको होइन मेरो आफ्नै स्थान बनाउन आएको हुँ ।
  • म बार्सिलोना नै आउँछु भन्नेमा कुनै शंका थिएन । म सँग ५ वर्षको सम्झौता छ । मलाई लाग्छ मैले धेरैभन्दा धेरै खेल खेल्न पाउनेछु । म सँग ला लिगाको अनुभव रहेको हुँदा मलाई लाग्छ मैले यहाँको खेल पद्धत्ती अपनाउन सक्छु । मलाई सह खेलाडीहरुले पनि सघाउ पुर्याउनेमा आशावादी छु ।
  • मेरो लागि बार्साबाट खेल्न पाउनु सौभाग्य हो । मैले पाउने पैसासँग मलाई सरोकार छैन । म खेल्न चाहन्छु अनि सफलता हाता पार्न चाहान्छु ।
  • मलाई थाहा छ मैले यस सिजन च्याम्पियन्स लिग खेल्न पाउँदिन तर म सँग अझै पाँच वर्ष बाँकी हुने त्यस समयमा मैले पक्कै च्याम्पियन्स लिग खेल्नेछु । र सफलता पनि हासिल गर्छु भन्ने आशा छ ।
  • यो सिजनको समरदेखि म लिभरपुल बसेँ खेलें, म उनीहरुले गरेको बाचा पुरा गरिदिएकोमा धन्यवाद दिन चाहान्छु ।
    मलाई लाग्छ इंग्लिस प्रिमियर लिग र ला लिगामा केही फरक छैन । त्यसैले मैले खेल खेल्नै शैली पक्रन सक्छु ।
  • नेयमारले मलाई बार्सा आएकोमा बधाई दिए र भने बार्साको टिम अत्यान्त राम्रो छ । पाउलिन्हो तथा डेभिड लुइसले तिमी बार्सिलोनामा खुसी हुनेछौ भने ।

  • म स्वारेजसँग पुनः खेल्न पाउने भएकोमा खुसी छु । म लिभरपुलमा रहँदा स्वारेजले निकै म्यासेज पठाए । उनले आफ्नै घर आएको जस्तो स्वागत गरेको छ ।
  • लिगमा बार्सिलोनाले रियलसँग लिएको १६ अंकको अग्रता लिए पनि लिग प्रतिस्पर्धी रहेको कारणले सबै खेल राम्ररी खेल्नु जरुरी छ ।
  • मेरो लागि इनियष्टा निकै बुद्धिमान खेलाडी हुन् । म उनीसँग पनि खेल्दै छु । उनीबाट सिक्नुपर्ने धेरै कुरा छन् ।
  • म कुन स्थानबाट खेल्छु त्यो प्रशिक्षकले निर्णय गर्नेछन् ।
  • म मात्रै होइन मेरो सम्पूर्ण परिवार सबै जना खुसी छन् । धेरै ब्राजिलका खेलाडीहरुले बार्सिलोनाबाट खेलेका छन् । राम्रो पनि गरेर गएका छन् । मैले पनि केही गर्न सक्छु भन्ने आशा छ ।
  • मेरो लागि बार्सिलोना सपनाको क्लब हो, अनी विश्वको उत्कृष्ट फुटबल क्लब पनि ।
  • म बार्सिलोनाको जर्सी लगाउँदा भाबुक हुन्छु । किनकी यो क्लबको महत्व अलग छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here