कस्तो रह्यो बार्सिलोनामा कोउटिन्होको पहिलो दिन ? (भिडियो सहित)

पुस २४ । शनिबारबाट आधिकारिक रुपमा बार्सिलोनाका खेलाडी बनेका ब्राजिलियन फिलिप कोउटिन्होले बार्सिलोना र लेभान्टेबीचको खेल प्रोजेक्टर स्किृनमा हेरेका थिए । उनले स्नाक्स खाँदै क्लबका केही पदाधिकारीहरुसँग बसेर खेल हेरेका थिए । बार्सिलोनाको जितमा उनी निकै उत्साहित देखिन्थे ।

खेल हेरेपछि उनको फोटोसुट भएको थियो । यसपछि उनी क्याम्प नाउतिर लागे । त्यहाँ बसेर उनले बार्साको मिडिया टिमसँग कुरा गरेका थिए । उनले आफू बार्सिलोनाको जर्सि लगाएर मैदानमा उत्रन निकै उत्साहित रहेको बताएका थिए । त्यसपछि उनी बार्सा म्युजियमतिर गएका थिए । उनलाई बार्सिलोनाका पदाधिकारीहरुले उपाधी, फोटो तथा जर्सीहरुको बारेमा जानकारी दिएका थिए ।

त्यसपछि उनी जर्सी प्रिन्टिङ प्रेस तिर लागेका थिए । उनले आफ्नो जर्सी आफैले प्रिन्ट समेत गरेका थिए ।

भिडियोमा,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here