१६ अंकले पछाडि परेको रियलले लिग जित्ला त ? (अंक तालिका विश्लेषण)

पुस २४ । एल क्लासिकोमा ३–० को हार व्यहोरेपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले भनेका थिए ‘लिगको आधा खेल पनि सकिएको छैन, त्यसैले न बार्सिलोनाले लिग जितिसक्यो न रियलले हारेको छ । अब नयाँ वर्षपछि रियल कसैले रोक्न नसक्ने भएर आउँछ ।’ तर, आइतबार राति सम्पन्न खेलमा पनि रियल मड्रिडलाई सेल्टा भिगोको बराबरीमा रोकेको छ । नयाँ वर्षको पहिलो लिग खेलमा पनि रियलले बराबरीमा चित्त बुझाएपछि बार्सिलोनालाई भने गतिलो फाइदा भएको छ ।

यस सिजनको ला लिगामा १८ खेल सकिँदा बार्सिलोना चिरप्रतिद्धन्दी रियल मड्रिडभन्दा १६ अंकले अगाडि रहेको छ । यस सिजनमा बार्सिलोनाले कुनै पनि खेल हारेको छैन । ला लिगामा बार्सिलोनाले १८ खेलमध्ये १५ मा जित तथा ३ खेलमा बराबरी खेलेर ४८ अंक जोडेको छ ।

एथ्लेटिको मड्रिडः

यस सिजको ला लिगामा एथ्लेटिको मड्रिडले ११ खेलमा जित, ६ खेलमा बराबरी तथा १ खेलमा हार ब्यहोरेको छ । लिगमा ३९ अंकको साथ एथ्लेटिको मड्रिड लिगको दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाभन्दा एथ्लेटिको मड्रिड ९ अंकले पछाडि रहेको छ ।

भ्यालेन्सियाः

यस सिजन भ्यालेन्सियाको प्रदर्शन राम्रो रहेको छ । १८ खेलबाट भ्यालेन्सियाले ३७ अंक जोडेको छ । जसमध्ये ११ खेलमा जित, ४ खेलमा बराबरी तथा ३ खेलमा हार व्यहोरेको छ । भ्यालेन्सिया बार्सिलोनाभन्दा ११ अंकले पछाडि छ ।

रियल मड्रिड:

रियल मड्रिडले अन्य क्लबभन्दा १ खेल कम खेलेको छ । १७ खेल खेलेको रियलले ९ खेलमा जित, ५ मा बराबरी तथा ३ खेलमा हार व्यहोरेको छ । जम्मा ३२ अंक जोडेको रियल लिगको चौथो स्थानमा छ ।

सेभिल्ला:

हालसम्मको नतिजा अनुसार सेभिल्ला लिगको पाँचौं स्थानमा छ । १८ खेलबाट सेभिल्लाले २९ अंक जोडेको छ । जसमध्ये ९ खेलमा जित, २ खेलमा बराबरी तथा ७ खेलमा हार व्यहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here