कोउटिन्होले लिभरपुल छोड्नुको ५ कारण यस्तो !

पुस २३ । शनिवार अपरान्ह बार्सिलोना र ब्राजिलियन खेलाडी कोउटिन्होबीच सम्झौता भएको छ । बार्सिलोनाले उनलाइ १६० मिलियन यूरो खर्चेर भित्र्याएको हो । सबैलाई थाहा भएकै कुरा हो, उनी पहिलेदेखि नै बार्सिलोनाबाट खेल्न चाहन्थे ।

बार्सिलोनालाई नेयमारको अभाव खड्किरहेको बेला क्लबले उनको रिप्लेसमेन्ट खोजिरहेको थियो । सोही अनुरुप कोउटिन्हो रोजाइमा परेको छ ।

उनले लिभरपुलमा पनि रामो सिजन बिताइरहेका थिए । तै पनि किन बार्सिलोना नै आए त ?

१. लुईस स्वारेज र कोउटिन्हो लिभरपुलमा रहँदा अत्यान्तै मिल्थे । जव स्वारेजले सन् २०१४ मा लिभरपुल छोडे तब कोउटिन्होलाई स्वारेजले बार्सिलोना आइज भन्ने गर्थे ।

२. कोउटिन्होको सबैभन्दा ठूलो सपना च्याम्पियन्स लिग जित्नु रहेको छ । लिभरपुल मुस्किलले च्याम्पियन्स लिगमा छनौट हुने गरेको छ कहिले छनौटमा नै पर्दैन तर, बार्सिलोना सँधै च्याम्पियन्स लिगमा छनोट हुने र उपाधीको दाबेदार भएकोले उनी बार्सिलोना आएका हुन् ।

३. कोउटिन्हो लिभरपुलका उत्कृष्ट खेलाडी थिए । तर, त्यहाँ उनको स्तरको खेलाडी नभएको कारणले गर्दा उनले बार्सिलोनामा उत्कृट खेलाडी रहेको पाए । मेसी, स्वारेज, इनियष्टा, बुस्केट लगायतका खेलाडीहरुसँग खेल्न उनी सँधै उत्सुक देखिए ।

४. कोउटिन्होको मुख्य उदेश्य बार्सिलोनाको मात्रै होइन विश्वकै उत्कृष्ट फुटबलर बन्नु रहेको छ । बार्सिलोनामा टिम गेम हुने भएकोले सबै खेलाडीको सहयोगमा बलोनडिओर लगायतका अन्य अवार्ड हाता पर्नु रहेको छ । मेसीको उमेर ढल्कँदै जाँदा उनी क्लबको मुख्य हतियार बन्ने सोंच उनको रहेको छ ।

५. उपाधीहरु जित्नु पनि उनको मुख्य उदेश्य हो । लिभरपुलमा रहँदा उनले कुनै उपाधी जितेनन् । बार्सिलोना यूरोपियन फुटबलमा राज गर्ने एक क्लब रहेकोले उपाधीहरु जित्नको लागि पनि कोउटिन्हो बार्सिलोना आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here