यस्तो छ बार्सिलोना र लेभान्टेबीचको अन्तिम पाँच भेट

पुस २३ । आज बेलुकी नेपाली समयअनुसार बेलुकी ९ बजे बार्सिलोनाले घरेलु मैदानमा लेभान्टेको सामना गर्नेछ । लेभान्टेले यस सिजन गतिलो खेल खेल्न सकेको छैन यद्यपी, लेभान्टेले बलियो टिमलाई बराबरीमा रोकेको छ । रक्षात्मक फुटबलको रणनीतिमा लेभान्टे बलियो रहेको हुनाले बार्सिलोनाले सो रणनीति चिर्नको लागि अलग रणनीति बनाउनु आवश्यक छ ।

लेभान्टेबिरुद्ध खेल्ने खेलाडीहरुको सूची सार्वजनिक गरेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक भाल्भर्डेले लेभान्टेलाई कमजोर टिम नठानेको बताएका छन् । ठूला टिमहरुसँग अंक खोसेको कुरामा प्रशिक्षक जानकार रहेको हुनाले आजको खेलमा बार्सिलोनाले अट्याकिङ फुटबल खेल्ने सम्भाबना बढी छ ।

बार्सिलोना र लेभान्टेबीच भएको अन्तिम पाँच खेल बार्सिलोनाले नै जितेको छ ।

हेड टु हेड

यो पनि पढ्नुहोस्

आज बार्सिलोना र लेभान्टे भिड्दै (विश्लेषण सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here