मेसी र स्वारेज र पाउलिन्होको गोलमा लेभान्टे स्तब्ध

पुस २३ । आइतबार राति सम्पन्न ला लिगा अन्तरगतको खेलमा बार्सिलोनाले पुनः एकपटक लेभान्टेलाई घरेलु मैदानमा स्तब्ध पारेको छ । क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गरेको हो ।

खेलको १२ औं मिनेटमा नै बार्सिलोनाले मेसीको गोलबाट अग्रता लिएको हो । मेसीले जोर्डी अल्बाको पासमा गोल गरेका हुन् । त्यस्तै खेलको ३८ औं मिनेटमा सर्जि रोबर्टोले दिएको पासमा लुइस स्वारेजले पनि गोल गरे । त्यस्तै खेलको इन्जुरी समयमा मेसीले दिएको पासमा पाउलिन्होले गोल गरेका हुन् ।

 

हालसम्म बार्सिलोनाले लेभान्टेसँग घरेलु मैदानमा खेलेको १२ वटा खेल खेलेको छ । खेलेको सबै खेल बार्सिलोनाको पक्षमा गएको छ ।

आइतबारको खेलुसँगै बार्सिलोनाले १८ खेलबाट ४८ अंक जोडेर शिर्ष स्थान कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here