बास्केटबलः सीएसकेय मस्कोमाथि बार्सिलोना लास्साको ठूलो जित

पुस २२ । बार्सिलोनाको बास्केटबल टिम ‘बार्सिलोना लास्सा’ले युरोपियन लिग लिडर सीएसकेय मस्कोलाईलाई ८५–७२ को स्कोरले जितेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले बलियो टिमलाई हराएको हो ।

बार्सिलोनाले पहिलो क्वार्टरमा २५–१७, दोस्रोमा ४७–४२, तेस्रोमा ६७–५५ र चौथोमा ८५–७२ बनाएर खेल जितेको हो ।
बार्सिलोनाको लागि पाउ रिवासले ६ अंक, हाङ्गाले १० अंक, नाभारोले १० अंक, मोर्मनले ५ अंक, टोमिकले ८ अंक, हिउर्टेलले १२ अंक, ओरिलाले ११ अंक, कोपोनेननले १३ अंक, क्लाभेरले ५ अंक तथा भिजेन्कोभले ५ अंक जोडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here