चेल्सी भर्सेज बार्सिलोनाः आन्द्रेज इनियष्टाको त्यो ‘वाइल्ड सेलिब्रेसन’

जारी सिजनको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले अन्तिम १६ को खेलमा गत सिजनको प्रिमियमर लिग विजेता टिम चेल्सी प्रतिद्धन्दी पाएको । चेल्सीसँग बार्सिलोनाले राम्रो जित पनि दर्ता गरेको छ । हार पनि चाखेको छ ।

बार्सिलोनाले चेल्सीसँग फेब्रुअरी २१ तारिखमा चेल्सीको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नुपर्ने छ भने मार्च १५ मा क्याम्प नाउमा दोस्रो लेगको खेल हुनेछ ।

यहाँ हामीले बार्सिलोनाले सन् २००९ को मे महिनाको ६ तारिखमा बार्सिलोनाले चेल्सीलाई हराएर फाइनल प्रवेश गरेको जानकारी प्रस्तुत गरेका छौं ।

चेल्सीको टिम

बार्सिलोनाको टिम

चेल्सीको घरेलु मैदानमा भएको खेलमा शुरुवाती अग्रता चेल्सीका एसियनले गरेका थिए । खेलमा दुबै पक्षका खेलाडीहरुले आक्रमणको प्रयास गरे तर, सफल भएन । खेलमा थपिएको इन्जुरी समयमा लियोनल मेसीले मिलाइदिएको पासमा आन्द्रेज इनियष्टाले गोल गरेपछि चेल्सीले घरेलु मैदानमै घुँडा टेक्नु परेको थियो । इनियष्टालाई इमान्दार खेलाडीको रुपमा लिइन्छ । उनले जितमा वा गोलमा गने सेलिब्रेसन समान्य खालको हुन्छ । तर, च्याम्पियन्स लिगबाटै आउट हुन लागेको बार्सिलोनाले उनैको गोलमा फाइनल स्थान बनाएपछि उनको सेलिब्रेसन हेर्नलायक थियो ।

हेरौं भिडियोमा,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here