बार्सिलोनालाई युआन कार्लोसको रणनीतिले बराबरीमा रोक्यो

पुस २१ । बिहीबार राति सम्पन्न स्पेनिस कप ‘कोपा डेल रे’को पहिलो लेगमा स्टार खेलाडीहरुबीना मैदानमा उत्रेको बार्सिलोनाले सेल्टा भिगोसँग १–१ को बराबरी खेलेको छ ।

सेल्टाको घरेलु मैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । खेलको १५ औं मिनेटमा आन्द्रे गोमेजको पासमा जोसे आर्नाइजले गोलकिपरलाई गलत दिशामा डाइभ गर्न लगाई गोल गरेका थिए । गोमेजले उक्त बल एलेक्स भिडाललाई दिएका थिए तर डिबक्समा विपक्षीका डिफेन्डरले उनलाई मार्क गरेपछि सो बल आर्नाइजले पाएका थिए । उनले सहजै गोल गरे ।

त्यस्तै, खेलको ३१ औं मिनेटमा सेल्टाका पियोन सिस्टोले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । उनले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिके र गोलकिपर ज्यापर सिलेसनलाई पनि बिट गर्दै जाली चुमेको थियो ।

यद्यपी, आर्नाइजले गरेको गोलले बार्सिलोनाले ‘अवे एड्भान्टेज’ पाएको छ । अब जनावरी १२ मा घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाले सेल्टालाई गोलरहित बराबरीमा रोके पनि अर्को चरणको लागि काफी हुनेछ ।

त्यस्तै, लामो समयदेखि चोटका कारण मैदान बाहिर रहेका युवा खेलाडी डेम्बेले बिहीबार रातिकै खेलबाट मैदान प्रवेश गरेका छन् । उनी खेलको ७२ औं मिनेटमा आर्नाइजको स्थानमा मैदान प्रवेश गरेका हुन् ।

सेल्टाका प्रशिक्षकः

सन् २०१४ देखि २०१७ सम्म बार्सिलोनाका सहायक व्यवस्थापक रहेका जुआन कार्लोसले बार्सिलोना बिरुद्ध राम्रो खेल नीति अपनाए । यस अघि पनि सन् २०१३ मा सेल्टाकै सहायक व्यवस्थापक रहेका उनले बार्सिलोनाबाट धेरै कुरा सिकेर गए ।

सोही अनुरुप बिहीबार रातिको खेलमा बार्सिलोनाले उत्कृष्ट खेल खेल्न सकेन । सेल्टा आफैमा कठिन टिम भएर मात्रै होइन उनीसँग बार्सिलोनालाई रोक्ने रणनीति भएको कारणले पनि सेल्टाको प्रदर्शन राम्रो रह्यो । खेलमा बार्सिलोनाले भन्दा पनि सेल्टाले बढी पास खेल्यो । बार्सिलोनाले ४ सय ९६ पास खेल्दा सेल्टाले ५ सय ८७ वटा पास खेल्यो । उनले लुईस इन्रिकेसँगै क्लब छोडेका हुन् ।

स्ट्याटः

हाईलाइट्स भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here