‘एल क्लासिको’ भिडन्तबारे १० रोचक तत्थ्यहरु

बार्सा नेपाल । विश्वमा सबैभन्दा धेरै दर्शकहरुले हेर्ने एल क्लासिको फुटबल भिडन्तको बारेमा केही रोचक जानकारी प्रस्तुत गरेका छौं ।

१. एल क्लासिकोले ११५ वर्ष पुरानो इतिहास बोकेको छ । पहिलो पटक बार्सिलोना र रियल मड्रिड सन् १९०२ मा पहिलो पटक भिडेका थिए । उक्त खेलमा बार्सिलोना ३–१ गोलले बिजय भएको थियो ।

२. बार्सिलोनाका खेलाडी लियोनल मेसी एल क्लासिकोका सर्वाधिक गोलकर्ता हुन् । उनले ३३ खेलबाट २१ गोल गरेका छन् । यसअघि रियल मड्रिडका खेलाडी अल्फ्रेडो स्टिफानोले १८ गोल गरेका थिए । मेसीले उनको रेकर्ड भंग गरेका हुन् ।

३. म्यानुअल सान्चेस सर्वाधिक एल क्लासिको खेल्ने खेलाडी हुन् । रियल मड्रिडका पूर्व खेलाडी सान्चेसले ४३ एल क्लासिको भिडेका छन् ।

४. एल क्लासिकोमा अहिलेसम्म रियल मड्रिडले सन् १९३४/३५ को सिजनमा बार्सिलोनालाई ८–२ गोल अन्तरले हराएको थियो । भने सन् १९७३/७४ मा बार्सिलोनाले रियलको घरेलु मैदानमा ५–० ले हराएको थियो । त्यस्तै सन् २००८/०९ को सिजनमा पनि बार्सिलोनाले रियललाई ६–२ गोल अन्तरले रियलकै घरमा हराएको थियो ।

५. सन् २००२ को नोभेम्बर देखि एल क्लासिको ०–० गोलमा टुङ्गिएको छैन । कुनै न कुनै पक्षले गोल हानेकै छ ।

६. बार्सिलोनाले रियलको घरेलु मैदान बेर्नाबेउमा पछिल्लो तीन खेलमा लगातार जित हाँसिल गरेको छ । पछिल्लो पटक बेर्नाबेउमा भएको खेलमा बार्सिलोनाले रियललाई ४–० गोल अन्तरले हराएको थियो । यसै सिजन भएको खेलमा भने बार्सिलोनालाई रियलले १–१ को बराबरीमा रोकेको थियो ।

७. लियोनल मेसी सर्वाधिक एसिस्ट प्रदान गर्ने खेलाडी पनि हुन् । उनले हालसम्म १३ वटा एसिस्ट प्रदान गरेका छन्

८. एल क्लासिकोमा सबैभन्दा धेरै ह्याट्रिक हान्ने खेलाडी लियोनल मेसी र रियल मड्रिडका पूर्व खेलाडी फेरिन्क पुस्कस हुन् । उनीहरुको हालसम्म दुई पटक ह्याट्रिक हानेका छन्  ।

९. बार्सिलोना र रियल मड्रिडमा युरोप र अमेरिकाका १४ देशका खेलाडीहरु रहेका छन् । सबैभन्दा बढी स्पेनबाट रहेका छन्, त्यसपछि ब्राजिल र फ्रान्सका बढी छन् ।

१०. बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डिन्हो सबैभन्दा मन पराइएका खेलाडी हुन् । बेर्नाबेउमा भएको खेलमा उनले आकर्षक गोल गर्दा रियल मड्रिडका समर्थकहरुले नै ताली बजाएका थिए ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here